गुल्मीमा चर्को शुल्क अशुल गर्ने एक विद्यालयलाई अनेरास्ववियु (क्रान्तिकारि)ईकाइले  बुझायो ध्यानाकर्षण पत्र

पिताम्बर भण्डारी गुल्मी। गुल्मीमा अनेरास्ववियु(क्रान्तिकारि) जनबाेध मुल ईकाइ कमिटिले एक विद्यालयमा ध्यानाकर्षण पत्र बुझाएकाे छ ।

गुल्मी जिल्ला रुरु गाउपालिका ४/५ रानिवासमा रहेकाे जनबाेध माविमा अनेरास्ववियु(क्रान्तिकारि)ले विद्यालयले विद्यार्थी बाट चर्को शुल्क अशुल गरेको भनी ध्यानाकर्षण पत्र विद्यालयका प्रअ राम प्रसाद श्रेष्ठ लाई ध्यानाकर्षण पत्र बुझाएको हाे। अनेरास्ववियु(क्रान्तिकारि) जनबाेध मावि मुल ईकाइ कमिटी अध्यक्ष अनिस सुनार ,सचिव मनिषा पाण्डे एवम अनेरास्ववियु जिल्ला उपाध्यक्ष बालेन श्रेष्ठ लगाएतकाे उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाएकाे हाे ।

ध्यानाकर्षण पत्रमा भनिएकाे छ ।नेपाल सरकारकाे शुल्क सम्बन्ध व्यवस्था लाई बेवास्ता गर्दै हाम्रो विद्यालय अनावश्यक शैक्षिक लिइरहेको कुरा विद्यार्थी हक हित विपरित गरेको हाम्रो संगठनकाे निष्कर्ष छ। तसर्थ उक्त विषयलाई विद्यालय प्रसासनले यथासिग्र उचित परिमार्जन गर्न हार्दिक अनुराेध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय