सागर भण्डारी गुल्मी । गुल्मीको मुसिकोट नगर्पालिकामा दिन प्रति दिन कोरोनाको जोखिम बढ्दै गएको छ । वामी टक्सार स्वास्थ्य चौकीमा गरिएको एन्टिजेन परिक्षणमा नगरपालिकाको वडा नं ४ का एक पुरुषमा कोरोना सक्रंमण पुष्टी भएको हो ।
केही दिन अगाडी भारतबाट आएका उनमा ज्वरो रुवाखोकी लगायतका समस्या देखिएपछि उपचारका लागि लुम्बिनी वामी हस्पिटल प्रालि वामीमा आएको र सकांस्पद लक्षण देखिएपछि डाक्टरले स्वास्थ्य चौकीमा ऐन्टिजेन परिक्षणका लागि पठाएका थिए । भारतबाट आएपछि क्वारेन्टाईनमै रहेका उनको ऐन्टिजेन परिक्षण गर्दा पोजेटिभ देखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सहसयोंजक पुष्कर गौतमले जानकारी दिनुभयो ।
रुवाखोकी र ज्वरो देखिएपनि उनको अवस्था सामान्य रहेको र होम आईसोलेनमा पठाईएको उहाँले बताउनुभयो । उनको सम्पर्कमा आएका परिवारका सदस्यहरुलाई सकांस्पद लक्षण देखिएमा कन्ट्याक टे्रसिङ गरी ऐन्टिजेन परिक्षण गरिने गौतमले जानकारी दिनुभयो ।
यसैबीच शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि मुसिकोट नगरपालिका-७, वामीटक्सारका विद्यालय बन्द भएका छन् । केही दिनअघि वामीटक्सार स्वास्थ्य चौकीमा एन्टिजेन परिक्षणका क्रममा महेन्द्र आदर्श नमुना माविका एक र गोल्डेन फ्युचर एकेडेमीका एक शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
वडा कार्यालय अन्तर्गत १० देखि १२ सम्मका कक्षा एक हप्ता र ९ कक्षासम्मलाई २ दिन बन्द गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख चुरा छन्त्यालले जानकारी दिनुभयो । संक्रमित शिक्षक अहिले होम आईसोलेशनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीले जानकारी दिनुभयो ।
महेन्द्र आर्दशका शिक्षकमा कोरोना देखिएपछि शंकास्पद तीन जना शिक्षकमा गरिएको एन्टिजेन परिक्षण रिपोर्ट नेगेटिभ आएको विद्यालयका प्राचार्य देवीराम शर्माले जानकारी दिनुभयो ।
यस्तै यही बैशाख १५ गतेदेखि सञ्चालन हुने पालिकास्तरीय परिक्षा स्वास्थ्य सुरक्षाका उपाय अपनाएर सञ्चालन गरिने नगर शिक्षा शाखाले जनाएको छ ।