सागर भण्डारी, गुल्मी । मुसिकोट नगरपालिकामा दुई जना शिक्षकमा कोरोना सक्रंमण पुष्टी भएको छ । वामीटक्सार स्वास्थ्य चौकीमा गरिएको एन्टिजेन परिक्षणमा दुई जना शिक्षकमा सक्रंमण पुष्टी भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
नगरपालिकाको वडा नं ७ स्थित महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयमा अध्यापनरत एक शिक्षक र गोल्डेन फ्यूचर ऐकेडेमी कार्यरत एक शिक्षिकामा कोरोना सक्रंमण पुष्टी भएको नगरपालिकाका स्वास्थ्य सयोंजक डिबी जिसीले जानकारी दिनुभयो । सक्रंमित दुवै जना श्रीमान श्रीमती रहेको बताईएको छ ।
सक्रंमित दुवैमा सामान्य लक्षण देखिएको भएपनि अवस्था सामान्य रहेको र अहिले होम आईसोलेसनमा बसेको जिसीले बताउनुभयो । महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयमा यस अगाडी पनि एकजना शिक्षकमा कोरोना सक्रंमण देखिएको थियो ।
२ जना शिक्षकमा कोरोना सक्रंमण देखिएपछि केही दिन विद्यालय बन्द गरिने भएको छ । अहिले सञ्चालित कक्षा १० को सेन्टअप परिक्षा वैशाख १२ गते सकिने र अन्य विद्यालयका कक्षाहरु पनि १२ गतेबाट केही दिन बन्द गर्ने निणर्य गरिएको विद्यालयका प्रधानाध्यापक देविराम शर्माले जानकारी दिनुभएको छ ।
१२ गते विद्यालयमा रुखाखोकी र सकांस्पद लक्षण देखिएका विद्यार्थीहरुको ऐन्टिजेन परिक्षण गर्ने र त्यस पश्चात विद्यालय बन्द गर्ने उहाँले बताउनुभयो । यसैबीच मुसिकोट नगरपालिका अन्तर्गत रहेका विद्यालयको वार्षिक परिक्षा यही वैशाख १५ गतेदेखि हुने भएको छ ।
नयाँ भेरियन्ट सहितको कोरोनाको सक्रंमण देखिन थालेकाले प्रकोप बढ्नु अगाडी नै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सामाजिक दुरी कायम गरेर बार्षिक परिक्षा सञ्चालन गर्ने तैयारी गरिएको नगरपालिकाका शिक्षा शाखा सयोंजक चुरा बहादुर छन्त्यालले जानकारी दिनुभयो ।
कोरोना सक्रंमण जोखिममा रहेका विद्यार्थीहरुलाई जोगाउन यस्तो निणर्य गरिएको उहाँले बताउनुभयो । यता नगरपालिकाले भने दोश्रो लहरको कोरोना सक्रंमणको जोखिम बढ्न थालेकाले सम्पुर्ण नगरबासीलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
नगरपालिकाले एक सुचना जारी गर्दै नयाँ भेरियन्ट सहितको कोरोना भाईरस कोभिड १९ महामारीको दोश्रो लहर देखा पर्न थालेकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न र अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ ।