गुटगत गतिविधिलाई कुनै हालतमा मान्यता नपाउने ओली दाबी

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसकिने बताउनुभएको छ ।

नेताहरुलाई सम्झाउने बुझाउने प्रयास गरिरहेको भन्दै उहाँले त्यसलाई कमजोरीको रुपमा नलिन चेतावनीसमेत दिनुभयो ।मदननगर बल्खुमा आज विहान पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘पार्टी अनुशासित बनाउनुपर्छ, अनुशासनहीनतासँग सम्झौता गर्न सक्दैनौं ।

गुटगत गतिविधिलाई अब मान्यता दिन सक्दैनौं ।माधव–झलनाथ समूहका नेताहरुलाई लक्षित गर्दै उनले अनुशासित भएर पार्टीमा काम गर्न आह्वान गर्नुभयो ।

ओलीले भन्नुभयो, ‘अहिले पनि हाम्रो प्रयास सम्झाउने बुझाउने छ । अनुशासित भएर पार्टीमा काम गरौं भनेर हरेकलाई सम्झाइरहेका छौं ।’

‘यसलाई कमजोरी ठानिन्छ भने र गुटको आधारमा गतिविधि गर्न खोज्छ भने त्यो अब सम्भव छैन,’ उहाँले दोहो¥याउनुभयो ।

ओलीले माधव–झलनाथ समूहका नेताहरुलाई एक्लाएक्लै छलफल गर्दै आएका छन् । हिजो साँझमात्रै ओलीले नेता माधव नेपालसँग छलफल गर्नुभएको थियो ।- ज्योतिन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय