विभिन्न तीन कम्पनीले ११ अर्ब ८६ करोड ७० रुपैयाँ बराबरको सेयर निस्कासन गर्दै

काठमाडौं । विभिन्न तीन कम्पनीले ११ अर्ब ८६ करोड ७० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएका छन् ।

सेयर निष्काशन तथा स्वीकृतिका लागि एचआईडीसीएल, कर्पोरेट डेभलपमेन्ट बैंक र अपी पावर कम्पनी नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) मा पाइपलाइनमा रहेका छन् ।सेबोनमा हकप्रद सेयर निष्काशन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेका तीन कम्पनीमध्ये सबैभन्दा धरै एचआईडीसीएल रहेको छ ।

कम्पनीले १ः०१ को अनुपातमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता सेयर निष्काशनका लागि २०७७ चैत १२ गते सेबोनमा निवदेन पेश गरेको छ । कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

यस्तै, ०१ः०१.५ को अनुपातमा हकप्रद सेयर जारी गर्नका लागि कर्पोरेट डेभलपमेन्ट बैंकले २०७७ पुस २६ गते बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० कित्ता हकप्रद सेयर निष्काशनका लागि अनुमति मागेको छ । कम्पनी सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम भने सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

त्यसैगरि हकप्रद सेयर निष्काशनका लागि अपी पावर कम्पनी पनि पाइपलाइनमा रहेको छ । कम्पनीले १ः०.२९ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता सेयर निष्काशनका लागि २०७७ फागुन ९ गते निवेदन दिएको थियो । यसको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटलले काम गर्नेछ ।

यी तीन वटै कम्पनीले हकप्रद सेयर नियामक निकाय धितोपत्र बोर्डबाट अनुमति पश्चात निष्काशन हुनेछ ।

अर्थतन्त्र डटकमको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय