वैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ । मन्त्रिपरिषदको सोमबार विहान बसेको बैठकले शहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

कोरोनाभाइरसको नयाँ भेरियन्टको लहर शहरी क्षेत्रमा बढीरहेको र त्यसको प्रत्यक्ष जोखिममा बालबालिका परेको भन्दै वैशाख मसान्तसम्म काठमाडौँ उपत्यकासहितका शहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले रात्रिकालीन व्यवसाय, सिनेमा हल, डान्सबार, क्लव, दोहोरी साँझ, सभा जुलुस, दर्शकसहितको रंगशालामा हुने खेलकुद, जिमखाना, पार्टी प्यालेस, स्वीमिङ पुल, हाटबजारहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।

भिडभाड हुने क्षेत्रमा जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न कठिन हुने भएकाले २०७८ वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको हो ।

र‌गंशालाको हकमा दर्शकरहित खेल गतिविधि सन्चालन गर्न पाइनेछ । यसो हुँदा नेपालमा जारी त्रीदेशीय ट्वान्टी – २० क्रिकेट सिरिज दर्शकबिना सन्चालन हुनेछ ।

जिल्लास्थित डिसीसीएमसीको सिफारिस बमोजिम विद्यालयहरु बन्द हुने एक मन्त्रीले बताए । तर बैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षा भने सन्चालन हुनेछन् ।- ज्योतिन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय