पार्वती कुँवर,क्षेत्री
सचिव,ने वि संघ
गुल्मी
नेपाली काङ्ग्रेसको नीति र सिद्धान्तलाई अवलम्बन गर्ने विद्यार्थी समुदायको अावश्यकता महशुस गरि राष्ट्रियता,प्रजातन्त्र, समाजवाद र विद्यार्थी एकताको अादर्श बोकेर अनवरत संघर्ष गर्ने तरुण विद्यार्थीहरु एकै ठाउँमा भेला भएर वि स २०२७ साल वैशाख ६ गते स्थापना भएको विद्यार्थी संगठनको नाम हो, नेपाल विद्यार्थी संघ।।
तसर्थ अाज नेपाल विद्यार्थीसंघको ५२ अौ स्थापना दिवश, नेपालको मात्रै होइन विश्वमा भएका हरेक परिवर्तनहरुमा विद्यार्थीहरुको ठुलो भुमिका पाइन्छ।
विद्यार्थीहरुमा भएको जोश जागरले परिवर्तनको सम्भावना खोजिरहेको हुन्छ। अग्रागामि विचार राखेको हुन्छ। तत्कालीन समयमा राणाशासनको उकुसमुकुसबाट जनता पिल्सिएको अवस्थामा जनतामा अान्दोलनको विस्फोटन गराउने विद्यार्थीहरु नै थिए।।
नेपालमा विद्यार्थी अान्दोलनको इतिहास पल्टाउने हो भने वि स २००७ साल भन्दा अगाडि नै जानू पर्ने हुन्छ। तत्कालीन अवस्थामा भारतमा महात्मा गान्धीको नेतृत्वमा अंग्रेज सरकारको विद्यालयको बहिष्कारको अभियानमा बहिष्कार गर्ने पहिलो छात्र ११ वर्षिय वि पि कोइराला हुनुहुन्थ्यो।
गणेशमान सिंह विद्यार्थी हुदा राणाको छोरा वापत दरबार हाइस्कुलबाट निष्कासित हुनुभएको थियोे ।।
विद्यार्थी अान्दोलनकै क्रममा वि स १९९७ साल माघ १६ गते त्रि-चन्द्र क्याम्पसका विद्यार्थी नेता गंगालाल श्रेष्ठलाई शोभाभगवतिमा झुण्डाएर मारिएकाले उँहालाइ नै विद्यार्थी अान्दोलनको पहिलो शहिदको रुपमा मानिन्छ
वि स २००४ सालमा तिनधारा पाठशाला संस्कृत पाठशालाका विद्यार्थीहरुको पाठयक्रममा अाधुनिक विषयहरु(अर्थशास्त्र ,विज्ञान)समाबेश गरिनुपर्छ,नेपालमै परिक्षा दिने व्यवस्था गरिनुपर्छ जस्ता मागहरु राखेर अान्दोलन गरेका थिए
जसको नाम “जयन्तु संस्कृतम अान्दोलन” थियो,यहि अान्दोलन नै नेपालको शैक्षिक अान्दोलनको प्रस्थान विन्दु हो।।
नेपालको प्रजातान्त्रिक इतिहासमा नेपाल विद्यार्थी संघका सदस्यहरुले निरकुंश सर्वसत्तावादी पञ्चायती शासकहरुको दमन र अत्याचार विरुद्धको संघर्षमा विद्यार्थी अान्दोलन,माअोवादि हत्या एवम् लोकतान्त्रिक अान्दोलनहरुमा अाफ्नो त्यागपुर्ण अाहुति दिदै अाएका छन।।
कहिल्यै झुक्न नजानेको नेपाल विद्यार्थी संघको कलम र मसाल अंकित क्रान्तिबाहक ध्वजालाई सधैं उचो राख्ने क्रममा हासिहासि शाहादत प्राप्त गरेका छन।
प्राणभन्दा अादर्श मुल्यवान हुन्छ भन्ने हाम्रा स्मरणीय शहिदहरु कामेश्वर मण्डल,कुशेश्वर मण्डल,लिलाराज दाहाल,राम उपाध्याय,लक्ष्मण उपाध्याय, श्यामसुन्दर श्रेष्ठ,राजनराज गिरि अादि इतिहासमा अमर रहेका छन्।।
नेपाल विद्यार्थी संघको केन्द्रहोस् जिल्ला होस्,क्याम्पस इकाई,पालिका सदैव माथिल्लो निकायबाट हस्तक्षेप हुनसक्ने मनोविज्ञानले ग्रसित छ।
त्यसैले अाफुभन्दा तल्लो तहमा संगठन गर्न जानुभन्दा माथिल्लो निकायबाट बक्सिस पाउने प्रचलनले तल्लो निकायमा संगठन कमजोर भइरहेको छ,जुन घाम जस्तो छर्लङ्ग छ।।
विभिन्न क्षेत्रमा भावि हुने अधिवेशन महाधिवेशन गर्दै गर्दा “एक व्यक्ति, एक पद,एक कार्यकाल” अवधारणा ल्याउने हो भने,सम्बन्धित नेतृत्वले उर्जाशिल ढंगबाट अाफ्नो कार्यकाल पुरा गर्छ भने नेतृत्व हस्तान्तरण प्रक्रिया स्वभावतः हुदै जान्छ, र त नेतृत्वमा सधैं युवा र उर्जाशिल व्यक्तित्व अाइ नै रहनेछन् ।।
संगठनमा अावद्द भै सकेपछि,संगठनमा लागेको व्यक्ति कहिलेदेखि लागेको हो,विभिन्न कार्यक्रममा कति उपस्थित भएको छ त्यसको कुनै लेखाजोखा छैन।
चौविसैघण्टा संगठनमा लाग्ने र रहरको लागि फाइदाको लागि केही समय दिने कार्यकर्ताहरुबिच कुनै भिन्नता छैन।त्यसैले संगठनमा लागेको पुर्णकालिन,अल्पकालीन र फाइदाकालिन साथिहरुका निरन्तरता एवम् कार्यक्षमताको रेकर्ड राखि अनुगमन एवम् मुल्यांकन गर्नुपर्छ।।
र अन्त्यमा,
लोकतान्त्रिक मुल्यमान्यतालाई मुलमन्त्रका रुपमा अंगिकार गर्ने लोकतन्त्रवादि विद्यार्थीहरुको साझा र सम्मान घर हो,नेपाल विद्यार्थी संघ।
साथसाथै नेपाली कांग्रेसको नीति र सिद्धान्तलाई विद्यार्थीमाझ पुर्याउने एउटा वाहक पनि हो।
र,नेपाल विद्यार्थी संघ नेपाली कांग्रेसको नेता/कार्यकर्ता उत्पादन गर्ने एउटा नर्सरी पनि हो यो नर्सरिलाइ स्याहार सुसार र हेरचाह गरि उत्पादनमा अात्मनिर्भर बनौ,
गुट हैन,जुटमा लागौ।।
जय नेपाल !!!