काठमाडौं, २० मंसिर । पाकिस्तानका बालबालिका र किशोरीका लागि बेलायतले तयार पारेको टाइफाइड रोग विरुद्धको भ्याक्सिनको परिक्षण नेपालमा गरिएको खुलेको छ । पाकिस्तानका ९० लाख बालबालिका र किशोरीका लागि तयार पारिएको भ्याक्सिन नेपालमा २० हजारमा परिक्षण गरिएको हो ।बेलायतले पाकिस्तानका ९० लाख बालबालिका र किशोर किशोरीका लागि भन्दै भ्याक्सिन तयार पारेको थियो । त्यो भ्याक्सिनको सफल परिक्षण गरिएको छ । तर परिक्षणका विषयमा भने नेपालका बालबालिका र किशोरकिशोरीलाई जानकारी दिइएको थिएन । नेपालका २० हजार नागरिकको ज्यान जोखिममा राखेर पाकिस्तानका नागरिकका लागि भ्याक्सिन परिक्षण गरिएको तथ्य खुलेपछि अहिले नेपालमा त्यसको चर्चा भएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All rights reserved to Naba Khabar // Website By Lumbini Host