ओलीसँग कुनै हालतमा झुक्दैनौ : नेता माधव नेपाल

नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू केपी शर्मा ओलीसँग कुनै हालतमा नझुक्ने बताएका छन् ।

काठमाडौंमा खनाल(नेपाल पक्षीय जिल्ला भेलालाई आइतबार सम्बोधन गर्दै उनले भने, ‘मानिसहरु भन्छन्, एउटा ओलीसामू झुक्ने, अर्को गेरुवस्त्र लगाउने पनि विकल्प छ ।

तर हामी त्यता जाँदैनौं । दृढताका साथ छाती खोलेर लड्छौं। कम्युनिस्ट आन्दोलन रक्षा गर्छौ ।’नेपालले विकास निर्माणका नाममा ओलीले तामासा देखाइरहेको आरोप पनि लगाए ।

शनिबार १६५ निर्वाचन क्षेत्रका रणनीतिक सडकहरुको एकसाथ शुभारम्भ गरेकोमा उनले आपत्ति जनाए ।उनले भने, डिपिआर छैन, कति लागत हो त्यो पनि छैन । बालुवाटारमा बस्यो, स्वीच थिचेर शिलान्यास गर्यो ।

सबै ठाउँमा नाम लेखाउन कस्तो रहर हो । कति फोटो टाँस्ने रहर हो । आफ्नै कोठामा झुण्ड्याए भैगो नि, किन अरुलाई दुःख दिनु ?त्यस्तै ओलीले प्रधानमन्त्री छाड्नुपर्दा कुर्सी नै भाँच्ने प्रवृत्ति ओलीमा रहेको आरोप पनि लगाए ।

ओलीले नवौं महाधिवेशनमा षड्यन्त्र गरेर जितेको पनि नेपालको भनाइ छ ।उनले विगतको कोअर्डिनेसन केन्द्र र नेकपा मालेको अधिकांश नेता आफूहरुतर्फ रहेको भन्दै आधिकारिकता आफूहरु नै रहेको दावी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय