आ;गलागीका कारण गुल्मीमा ४ घर र दुई गोठ जले

गुल्मी – गुल्मीमा आगलागीका कारण ४ घर र २ गोठ जलेर नष्ट भएका छन् ।

जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्वर २ अर्बेनी भएकोटको आरन थरमा आगलागीका कारण चार घर र दूई गोठमा आगलागी भएको स्थानीय चित्रबहादुर थापाले जानकारी दिए ।

दिउँसो करिब ५ बजेतिर स्थानीय धनबहादुर सुनार ,उर्मिला सुनार,तुलबहादुर सुनारको घर ,जितबहादुर सुनारको घर र गोठ र इन्द्रबहादुर सुनारको गोठ जलेर नष्ट भएको छ ।

उर्मिलाको घरबाट निस्केको आगोका कारण अन्यको घरमा सल्केको स्थानीयले जनाएका छन् ।

त्यस स्थानमा पानीको समस्या भएका कारण आगलागीलाई नियन्त्रणमा लिन सकिएको छैन । आगलागीलाई नियन्त्रणमा लिनका लागि स्थानीयहरु जुटेका छन् ।

यता गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेबि शर्माले आगलागी नियन्त्रणमा लिनका लागि पुर्तिघाट प्रहरी चोकीको टोली घटना स्थलतर्फ गएको जानकारी दिइन् ।

चौकीदेखि त्यस स्थानतर्फ जानका लागि करिब एक घण्टा लाग्छ ।

आगो नियन्त्रणमा नआइसकेको र क्षतीको बिस्तृत विवरण आउँन बाँकी छ ।खबरमार्केट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय