अबको केहि दिनमा नयाँ सरकार बन्छः दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जे गरेर भए पनि केपी ओलीलाई हटाउन लागिएको बताउनुभएको छ ।

सिन्धुलीमा बिहीबार आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । तर उहाँलाई हट्न नदिन संसारभरका शक्ति लागेको बताउनुभयो । तर पनि केही दिनमा नै नयाँ सरकार बन्ने उहाँको भनाइ छ ।“जे गरेर भए पनि केपीलाई हटाउन लागिएको छ,” प्रचण्डले भन्नुभयो, “एकातिर केपी अर्कोतिर हामी भएका छौँ । हाम्रो पछि जनता छन् केपीका पछाडि प्रतिक्रियावादी छन् ।

तत्काल जसरी पनि केपी हटाउने हो । हिजो केपीको कदमलाई असंवैधानिक भन्नेहरुबीच एकता गरेर केपी हटाउने हो । काठमाडौं पुग्नेबित्तिकै गर्ने काम त्यही हो ।

यो हुन नदिन ठूला शक्ति लागेका छन् । संसारभरका ठूला शक्ति लागेका छन् । मैले उनीहरुलाई भनेअनुसार गरिनँ । मैले संविधान जारी नगर भन्दा मानिनँ त्यही भएर उनीहरुले मलाई रुचाएका छैनन् ।”
प्रचण्डले नेकपा एमालेमै रहेका मन्त्रीहरुप्रति आक्रोश व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय