गुल्मी मुसिकोट बासीले छिट्टै कच्ची बाटोको समस्याबाट मुक्ति पाउँदै , वामी – भुवाचिदी सडक कालोपत्रेको निम्ति काम सरु

अनिश शर्मा गैरे मुसिकोट गुल्मी । गुल्मीको लाइफलाइन मानिने रिडी– रुद्रवेणी– वामीटक्सार सडक अन्तर्गत वामीटक्सार देखि भुवाचिदी सम्मको बाटो पक्की गर्नको निम्ती काम शुरू भएको छ ।

हाल यतिबेला सडक ग्रेड गर्ने काम चलिरहेको छ । वामीटक्सार देखि भुवाचिदी सम्मको सडक करिब ५ किलोमिटर रहेको छ । उक्त सडक यही फाल्गुण मसान्त सम्म सक्नुपर्ने भएपनि काम ढिला गरी शुरू भएको छ ।गुल्मीका निर्माण व्यवसायी हरि प्रसाद श्रेष्ठले उक्त काम गर्ने जिम्मा लिनुभएको छ ।सडक ६.२५ मिटर चौडाईमा कालोपत्रे गर्ने मापदण्ड तोकिएको छ ।

वामीदेखि भुवाचिदीसम्म पिच गर्न लागिए पनि पल्टार देखि हाँडीखोला सम्मको भाग भने पिच नगरिने भएको छ । अत्यन्तै ओरालो भएको कारण त्यहाँ ढलाई गर्न उपयुक्त भएको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले बताउनुभयो ।

यसअघि वामीटक्सार बजारको भित्री सडक कालोपत्रे भइसकेको छ भने केही भाग हुन बाँकी रहेको छ ।५ करोड ८५ लाख रकममा श्रेष्ठले सडक निर्माणको जिम्मा लिनुभएको हो । यद्यपि संघीय सरकारले १० करोड बजेटको तीन वटा ठेक्का दिएको थियो ।

जसअनुसार सोता, उल्लीखोलामा कल्भर्ट बनाउने काम सम्पन्न भएको छ । यस सडकखण्डको अत्यन्तै संवेदनशिल भाग उल्लीखोलामा सडक व्यवस्थापनको काम चलिरहेको बताइएको छ ।

थप १४ करोड बजेट विनियोजन
यसैवीच रिडी – रुद्रवेणी – वामीटक्सार सडकखण्डको स्तरोन्नतीको निम्ती थप १४ करोड बजेट स्वीकृत भएको छ । यस क्षेत्रका सांसद समेत रहनुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले १४ करोड रुपैया विनियोजन भइसकेको र छिट्टै टेन्डर आह्वान हुने जानकारी दिनुभयो ।

‘सडक डिभिजन पाल्पाको कार्यक्षेत्रभित्र पर्ने बर्तुन–रिडी–वामीटक्सार–खर्बाङ्ग सडकको रिडी रुद्रवेणी वामीटक्सार दरम खोलाको सडक खण्डको १६ करोड १ लाख २० हजार थप बजेट ब्यस्थापनको निम्ती अनुरोध भइ आएकोमा निर्णयार्थ पेश हुँदा बर्तुन–रिडी–वामीटक्सार–खर्बाङ्ग सडकको रिडी रुद्रवेणी वामीटक्सार दरम खोलाको सडक खण्ड रू १४ करोडको सीमाभित्र रही प्रचलित कानून र स्वीकृत मापदण्ड बमोजिम खरिद प्रक्रिया अगाडि बढाउने र यस आवमा सम्पन्न

नहुने उपर्युक्त सीमा भित्रको बाँकी रकम आगामी आ.व.को भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सिलिङ्ग भित्र अनिवार्य रुपले समावेश गर्न लेखि पठाउने मिति २०७७।११।२३ मा नेपाल सरकार (मा.मन्त्रीस्तर) निर्णय भएको व्यहोरा अनुरोध छ‘, अर्थ मन्त्रालयले भौतिक मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ ।

सडक बनेको ४० बर्ष पुग्न लाग्दा पनि रिडी देखि वामीटक्सार सम्मको ४६ किलोमिटर सडक पूर्णरुपमा स्तरोन्नती हुन सकेको छैन ।

यो पनि पढ्नुहोस मुसिकोट नगरपालिका गुल्मीको आयोजनामा मंगलबार संचालन भएको युवा बिचार लेखन प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

मुसिकोट नगरपालिका वडा ७ स्थित श्री महेन्द्र आदर्श नमुना मा बि मा
समृद्ध राष्ट्र निर्माणका लागि युवाका विचारहरु विषयमा संचालन भारको जिल्ला स्तरीय विचार लेखन प्रतियोगीताको पुरस्कार वितरण आज एक औपचारिक कार्यक्रमका साथ् मुसिकोट नगरपालिकाको कार्यालयमा सम्पन्न भएको छ ।

नेपाल सरकार युवा तथा खेलुकद मन्त्रालय, राष्ट्रिय युवा परिषद्को युवा प्रतिभा तथा खोजी र प्रोत्साहन कार्यक्रम अन्तर्गत मुसिकोट नगरपालिकाको आयोजनामा सम्पन्न भएको प्रतियोगीतामा १६ जना सहभागी भएका थिए ।

जस मद्य मुसिकोट नगरपालिका वडा नं ५ की सुधा खरल प्रथम, मुसिकोट नगरपालिका वडा नं ७ का विवेक काफ्ले द्धितिय, मुसिकोट नगरपालिका वडा नं २ का अनिश कुमार नेपाली तृतीय र मुसिकोट नगरपालिका वडा नं ७ की एलिसा सापकोटा सान्त्वना भएको शिक्षा शाखा प्रमुख चुरा बहादुर छन्त्यालले जानकारी दिनुभयो ।

उक्त पुरस्कार वितरण कार्यक्रममा मुसिकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख डीबी जिसी, प्रसासन शाखा प्रामुख प्रकाश घिमिरे लगायत अन्य कर्मचारीहरुका साथै अबिभाबक हरुको उपस्थिति रहेको थियो ।

मुसिकोट नगरपालिकाको कार्यलयमा संचालन भएको उक्त कार्यक्रम नगर उपप्रमुख कमला शर्माको अध्यक्षता र शिक्षा शाखा प्रमुख चुरा बहादुर छन्त्यालको संचालन रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय