काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउनु संवैधानिक अधिकार भएको भन्दै त्यसको विरोध गर्नु गलत भएको बताउनुभएको छ ।
आइतवार संसदको पहिलो बैठकमा अध्यादेश पेश गर्न खोज्दा विपक्षी दलले विरोध गरेपछि प्रधानमन्त्री ओलीले हिम्मत भए अध्यादेश फेल गर्न समेत चुनौति दिनुभयो ।१११ औँ अन्तराष्ट्रिय महिला श्रमिक दिवस मनाउन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले सरकार कुन दलको हो भन्ने कुरा सर्वाेच्चले निश्चित गरिदिएको बताउनभुयो ।
अब हुँदा प्रधानमन्त्री कुन पार्टीको हो जानकारी पाउँ रे, सर्वाेच्च अदालतमा सोध्न जाउ’, उहाँले भन्नुभयो ।आइतवार संसद् पुनःस्थपनापछिको पहिलो बैठकमा नेता भीम रावलले प्रधानमन्त्रीको पार्टी कुन हो भन्दै प्रश्न गर्नुभएको थियो ।
उहाँले महिलामाथि एसिड आक्रमण गर्ने व्यक्तिलाई कडा कारवाही गर्ने गरी अध्यादेश मार्फत कानून ल्याइएको भएपनि आइतवार त्यसलाई पास गर्न नदिइएको बताउनुभयो ।
अध्यादेश पेश गर्न दिन र हिम्मत भए त्यसलाई फेल गर्न उहाँले चुनौति दिनुभएको छ ।उहाँले संसदमा हुने यही हालतकै कारणले संसद् विघटन गरेको बताउनुभयो ।
‘कम्सेकम मेरै मेख मार्न भएपनि शान्त बस्नु नि, हो यसै हुन्छ भनेरै मैले प्रतिनिधिसभा विघटन गरेको हो, उहाँले भन्नुभयो ।