सर्वोच्च फैसलालाई स्वागत गर्दै  एमाले गर्यो मुसिकोटमा बिजय जुलुस

गुल्मी- सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई समेत बदर गरिदिएपछि एमाले र माओवादी केन्द्र दल बिउँतिएका छन् ।

सर्वोच्चको उक्त निर्णयलाई स्वागत गर्दै नेकपा एमाले मुसिकोटले मुसिकोट नगरपालिकाको कार्यालय अगाडी बिजय जुलुस गरेको हो ।

नेकपा केन्द्रीय कमिटिका सल्लाहकार समितिका सदस्य महेश बहारुर जिसी को नेतृत्वमा भएको उक्त जुलुसमा नेकपा प्रदेश कमिटि सदस्य कमला शर्मा लगाएत वामी क्षेत्र कार्यकर्ता हरुको सहभागिता रहेको थियो

उक्त बिजय जुलुसमा नेकपा एमाले जिन्दाबाद, बिर सहिद लाल सलाम जस्ता नाराहरुको उच्चारण गरिएको थियो ।

यो पनि पढ्नुहोस
सर्वोच्चको फैसला : बिउँतिए एमाले र माओवादी केन्द्र (पूर्णपाठसहित)
सर्वाेच्चकाे फैसला यस्ताे आउला भन्ने अपेक्षा थिएन : प्रचण्ड
सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता खारेज गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिएको छ ।

निर्वाचन आयोगले त्रुटिपूर्ण निर्णय गर्दै ओली–प्रचण्ड समूहको नेकपालाई आधिकारिकता दिएको भन्दै सर्वोच्चले ऋषि कट्टेल अध्यक्ष रहेको नेकपालाई आधिकारिकता दिएको हो ।

फैसलामा आयोगमा दर्ता भइसकेका दलसँग नाम मिल्ने गरी नयाँ दल दर्ता गर्दा पनि निर्वाचन आयोगको २०७५ जेठ २३ को निर्णय र त्याे निर्णयलाई सदर गर्ने गरी २०७५ कात्तिक ९ गतेको निर्णय फैसला राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ९ मा भएको कानुनी व्यवस्थाविपरीत देखिँदा उत्प्रेषणकाे आदेशबाट बदर गरिएको उल्लेख छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो दलसँग नाम जुधाएको भनी नेपाल कम्युनि्ट पार्टीका अध्यक्ष कट्टेलले दायर गरेको रिट निवेदनको सुनुवाइ यही फागुन १३ गते सम्पन्न भएको थियो । अध्यक्ष कट्टेलले आयोगमा २०६९ मा नेपाल कम्युनिस्ट पार्टीका नाममा आफूले दल दर्ता गरेको तर तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ गते एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नाममा आयोगमा दल दर्ता भएको विरुद्ध रिट निवेदन दायर गर्नुभएको थियो ।

अध्यक्ष कट्टेलले आयोगमा त्यसविरुद्ध उजुरी दिए पनि केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पक्षमा निर्णय गरेको थियो । त्यस निर्णयविरुद्ध अध्यक्ष कट्टेलले २०७५ साल मङ्सिर २१ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

फैसलामा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १० बमोजिम पहिले नै आयोगमा दल दर्ता भएका राजनीतिक दल एकीकरण गरी नयाँ दल निर्माण हुँदा त्यही ऐनको दफा ६ को दल दर्ता हुन नसक्ने भनी ऐनमा व्यवस्था भएका प्रावधानको उल्लङ्घन गर्ने गरी दल दर्ता गर्न नमिल्ने उल्लेख छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सङ्क्षिप्तमा नेकपा र नेपाल कम्युनिस्ट पार्टी सङ्क्षिप्तमा नेकपा एउटै नाम हो वा होइन भन्ने प्रश्नका सन्दर्भमा कोष्ठभित्र लेखिएको कुरामा सारभूत रूपमा भिन्नता नदेखिएको फैसलामा उल्लेख छ ।

‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उल्लेख भएको देखिएबाट दुई पार्टीको नाम फरक परेको भन्ने नदेखिइ एकआपसमा एउटै मिले भिडेको भन्ने नै देखिन्छ’, फैसलामा भनिएको छ ।

आयोगमा फरक नाम लिएर दल दर्ता गर्नसमेत फैसलामा भनिएको छ । कानुनी रूपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भनिएको तत्कालीन एमाले र माओवादी केन्द्र पुरानै पार्टीका नाममा फर्किएका छन् र नेकपा अलग–अलग पार्टी भएको ठहर भएको छ । सर्वोच्च अदालतको यो फैसलासँग दुई पार्टीको चिह्नकाे विवादसमेत अन्त्य हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय