काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूमा प्रधानमन्त्री बन्ने कुनै चाहना नभएको स्पष्ट पार्नुभएको छ ।
शनिबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा नेवि संघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित किताब ‘महाकाण्ड’ (संसद गठनदेखि विघटनसम्म)को विमोचन कार्यक्रममा सभापति देउवाले आफूसो कुरा बताउनुभएको छ ।
सत्तारुढ नेकपाको विवादमा आफू पर्न नचाहेको भन्दै देउवाले आफू वेटिङ प्राइममिनिस्टर नभएको बताउनुभयो ।
‘प्रमुख प्रतिपक्षी दलको नेता भनेको वेटिङ प्राइममिनिष्टर हो, तर म अहिले यो दौडमा छैन’, देउवाले भन्नुभयो, ‘मलाई लोभ पनि छैन ।’
प्रचण्ड–नेपाल समूहको प्रस्तावमा देउवा प्रधानमन्त्री हुने चर्चा चलिरहेका बेला उहाँको यस्तो धारणा आएको हो ।
यसअघि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव नगर्ने बताउनुभएको थियो ।
यो पनि पढ्नुहोस काठमाडौं । मेलम्चीको पानी आज (शनिवार) काठमाडौं झर्दै मेलम्चीको पानी उपत्यकामा झर्दै छ ।
मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीका अनुसार आज अपरान्हसम्म मेलम्चीको पानी सुन्दरीजलमा झार्ने तयारी छ ।
दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी सुन्दरीजल झर्ने निश्चित भएपछि साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओली अवलोकनमा निस्कने कार्यक्रम तय भएको छ ।
सुन्दरीजल पुगेर प्रधानमन्त्री ओलीले मेलम्ची पानी झरेको दृश्य हेर्ने बताइएको छ ।गएको असारमा पहिलो पटक असफल भएपछि गत फागुन १० गते दोस्रो पल्ट मेलम्ची पानी पथान्तरण थालिएको थियो ।
आयोजनाका अनुसार सुन्दरीजल झर्ने पानी आज रातभर वाग्मती नदीमा बगाइने छ । आयोजनाले वाग्मती आसपासका बासिन्दालाई पानीको सतह बढ्न सक्ने भन्दै यसअघि नै सचेत गराइसकेको छ ।
आज रातभरि वाग्मतीमा झर्ने पानी बुधबार बिहानै गेट बन्द गरेर मुहानस्थलतिरै फर्काउने आयोजनाले जनाएको छ ।
सुन्दरीजलको गेट बन्द गरेपछि सुरुङ भरिन तीन–चार दिन लाग्ने खत्रीले बताउनुभएको छ ।
उपत्यकावासीले मेलम्चीको पानी खान व्यग्र प्रतीक्षा गरिरहेकाले सुरुङ भरिएपछि सीधै प्रशोधन केन्द्रमा खसाल्ने नयाँ कार्यतालिका तय गरिएको छ ।
त्यहाँ १७ करोड लिटर पानी क्षमताका दुईटा प्रशोधन केन्द्र छन् । मेलम्ची खानेपानीको सुरुङमार्ग साढे २६ किलोमिटर लामो छ ।