प्रधानमन्त्रीरुद्ध आजै अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने असफल प्रयास गरेसँगै रुष्टिएका नेकपाको प्रचण्ड माधव बहुमत पक्ष र नेपाली काँग्रेस मिलेर प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् ।

जसको निर्णय लिन नेकपा प्रचण्ड–माधव समूह र प्रमुख विपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रबार दिउँसो बस्दै छ।दुवै पार्टीले दिउँसो एक बजे संसदीय दलको बैठक बोलाएका छन्। संसदीय दलको बैठकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको निर्णय लिइने तयारी दुवै दलको तयारी छ ।

सकभर आजै अविश्वासको प्रस्ताव दर्ता गर्ने सहमति कांग्रेस र नेकपाको प्रचण्ड–माधव समूहबीच भइसकेको श्रोतको दाबी छ।

यसअघि हिजो काँग्रेसले ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने अनौपचारिक सहमति गरेको थियो ।\

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई फागुन ११ गते सर्वाच्च अदालतले बदर गरिदिएको थियो ।

अदालतले १३ दिनभित्र अनिवार्य बैठक बोलाउन भने बमोजिम फाल्गुण २३ गते प्रतिनिधि सभाको अधिवेशन आह्वान गरिएको छ ।

यो पनि पढ्नुहोस महोत्तरी — आफूले गरेको गल्तीको लाज प्रधानमन्त्रीलाई नलागेको तर उन’लाई लाग्नुपर्ने लाजको भारी संसद्ले बोक्न नसक्ने कांग्रेस नेता गगन थापाले ब’ताएका छन् ।

संसद्ले अब प्रधानमन्त्रीलाई हटाएरै छो’ड्ने उनले बताए ।महोत्तरीको बर्दिवासमा कांग्रेस नगर समितिले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता थापाले अब प्रधानमन्त्रीले पद् छोड्नै पर्ने बताएका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरी गरेको गलत निर्णय अ’दालतले बदर गरी सच्याएपछि अब दुवैले प’द छाड्नुपर्ने नेता थापाले बताए ।

सर्वाेच्च अ’दालको निर्णयले संविधानको रक्षा गरेको बताउँदै नेता थापाले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली को सेटिङमा अब ब्रेक लागेको छ, सं’सद्लाई बन्धक बनाएर देशको विकासमा बाधक बन्ने छुट प्रधानमन्त्रीलाई छैन ।‘

प्रधानमन्त्रीको गलत कदमलाई साथ दिने राष्ट्रपतिले पनि नैतिकताका आधारमा पद छोड्नुपर्ने उनले बताए ।अदाल तको सेटिङ फेल भएपछि प्रधानमन्त्रीले अब निर्वाचन आयोगलाई समेत फकाएर, दबाएर र डर देखाएर निर्णय गर्न नसक्ने उनले बताए ।

संवैधानिक आयोगहरुमा पनि असंवैधानिक तरिकाले गरिएको नियुक्ति तत्काल खारेज हुनुपर्ने थापाको भनाइ थियो । अदालतको निर्णयले ब्युँतिएको संसद्‌मा उत्पन्न समस्यामा निकास दिन, संविधानको र लोकतन्त्रको र’क्षा गर्न कांग्रेस उभिने तर कांग्रेसले सरकारको नेतृत्व लिन नहुने नेता थापाले बताए ।

‘जनताले दिएको आदेश अनुसार ५ वर्षसम्म कांग्रेस प्रतिपक्षकै भूमिकामा बस्छ’, नेता थापा ले भने, ‘अर्का को भाग खान अहिले सरकारको नेतृत्व गर्न सरकारमा कांग्रेस जाँदैन ।’

विकासका नाममा प्रधानमन्त्रीका आसेपासे मात्रै मोटाउने काम भएकाले कांग्रेस अब चुनाव वा जानुअघि ५ वर्षको विकासका योजनासहित जनतामाझ आउने पनि नेता थापाले बताए ।कान्तिपुर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय