प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रतिपक्षमा बस्न राजी रहेको बताएका छन् । गण्डकी प्रदेश भेलालाई सम्बोधन गर्न सोमबार पोखरा पुगेका प्रधानमन्त्री ओलीले त्यसपछि दुईतिहाइ बहुमत ल्याउने बताएका हुन् ।,,

“हामी डेढ वर्ष प्रतिपक्षीमा बस्न तयार छौँ, तर डेढ वर्षपछि फेरि दुइतिहाइ बहुमत ल्याउँछौँ,” उनले भेलालाई सम्बोधन गर्दै भने, “हामी सुखी नेपाली, समृद्ध नेपालमा अडिग छौँ । अघिल्लोपटक पनि उहाँहरूले मलाई प्रधानमन्त्रीबाट हटाउनुभएको हो ।

हटाउने उनै माधव नेपाल, प्रचण्ड, झलनाथ खनाल हुन् । एउटै पार्टीमा बसेर पनि मलाई हटाइहाल्नुपर्छ भनेर लाग्नुभयो ।”

त्यतिबेला उनीहरूको आन्दोलन ध्वस्त पार्ने योजना रहेको उनले बताए । उनले अहिले पद्धति प्रक्रियाबाट आउन चुनौती दिए ।

प्रधानमन्त्री हटाउने विधि, पद्धति, प्रक्रिया, प्रजातान्त्रिक कस्तो रहेछ हामी पनि हेरौँला,” उनले चेतावनीको भाषा प्रयोग गरे, “अविश्वासको प्रस्ताव राखेर हटाउनहोस् न । कमसेकम कुस्तीमा कसले जित्छ, हार्छ भन्ने नियम राखेर भए पनि हटाउनुहोस् ।

उहाँहरूलाई आफू बलियो छु भन्नेजस्तो लाग्छ, भने कुस्ती खेलेर प्रधानमन्त्री बन्ने नियम बनाउनुहोस् ।”

उनले दिनमै दुई-तीनपटक प्रधानमन्त्री परिवर्तन नहुने बताउँदै भने, “केही त नियम चाहियो नि । संसदीय नियमको अभ्यासको कुरा गर्ने हो भने । संसदको बेहाल उहाँहरूले बनाएको हो । सरकारलाई काम गर्न नदिएको, व्यवधान खडा गरेको उहाँहरूले हो ।”

उनले प्रचण्ड-नेपाल समूहले बहुमत रहेको जिकिर गर्नु निरर्थक रहेको टिप्पणी गरे । “उनीहरूले भनिरहेका छन, हामीसँग केन्द्रीय कमिटीको बहुमत छ, त्यो बहुमत त एकताका लागि मैले नै दिएको हो ।

एकता गर्दा मैले मेरो नोटकपीमा नाम लेखेर दिएको हो । पार्टी एकताको लागि देश बनाउनका लागि दिएको हो ।”

उनले नियत खराब भएको भए बहुमत आफैँसँग राख्न सक्ने पनि बताए । “म अध्यक्ष नै छु, बहुमत राख्न सक्थेँ, एकताबद्ध भएर जाउँ, देश बनाउँ भनेर हिसाब नगरीकन, जसले जति भन्छ त्यति दिएर पार्टी एकीकरण गरेको हुँ । एकीकरण सक्नेबित्तिकै उहाँहरूले आफ्नो धन्दा सुरु गर्नुभयो । पार्टी कब्जा गने, देश बर्बाद गर्ने योजना बनाउन थाल्नुभयो,” उनले आक्रोश पोखे ।

उनले शुक्रबार पत्रकार ऋषि धमलासँगको कुराकानीमा प्रचण्डले नेकपा, कांग्रेस र जसपाको सरकार बन्दा चीन र भारत दुवैलाई कम्फर्टेबल हुन्छ भनेर दिएको अभिव्यक्तप्रति पनि कटाक्ष गर्न भ्याए । “देश बनाउने, जनताको सेवा गर्ने, पूर्वाधार विकास गर्ने होइन, सुविधा बनाउने सरकार होइन, कसका लागि कम्फर्टेबल हुन्छ, त्यो सरकार बनाउने योजना रहेछ,” उनले भने, उहाँहरूले जुन बहुमतको कुरा गर्नुभएको हो, जुन हातले दिएको नाम हो, त्यो हातले काट्न सक्छ । त्यसैकारण मैले अस्तिको दिनमा मुख्य सचेतकलाई बोलाएको थिएँ, देवप्रसाद गुरुङलाई । मैले बनाएको हो, हटाइदिएँ । मैले अर्को सचेतक बनाएँ । उहाँहरूले भनेको केन्द्रीय कमिटी पनि मैले बनाएको हो, अहिलेसम्म उहाँहरुलाई चलाएको छैन ।”

यस्तै कार्यक्रममा बोल्दै ओलिले पोखरा । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ज्यान तलमाथि भयो भने अन्यथा मान्न नहुने बताएका छन् । पोखरामा शनिबार गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा ओलीले विकासका कामहरू देखेर देशी विदेशी तत्त्वबाट प्रहार खेपिरहेको बताएका छन् ।

उनले भने, “विकासका काम गरिरहेको देखेर नै देशी-विदेशी तत्त्व सरकार असफल पार्न लागिरहेका छन् । विकास निर्माणको कामले गति लिइरहेको कारणले म माथि प्रहार भएको छ । सम्पूर्ण रूपमा म माथि अत्यन्तै तीव्र रुपमा प्रहार भएको छ ।”

यस्तै, उनले आफूमाथि शारीरिक हमलाको हुनसक्ने लख पनि काटे । प्रशिक्षण कार्यक्रममा भने, “अन्यथा नमान्नुहोला, ममाथि शारीरिक हमला नै भयो, मेरो ज्यान तलमाथि भयो भने पनि अन्यथा नमान्नुहोला । तर त्यस्तो हुँदैन । म रहिन भने पनि अन्यथा नमान्नुहोला, पार्टी छ, विचार छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय