ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको छन : प्रचण्ड

काठमाडौँ नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताएका छन ।

शनिबार पार्टीसम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो ब ताएका हुन ।प्रचण्डले प्रधानमन्त्री ओली सकुनीको भूमिकामा रहेको समेत टिप्पणी गरेका छन् ।प्रचण्डले भने, ‘जेलमा बस्दा महाभारत र चाणक्यबाहेक केही पढेनछन् ।

सकुनी खुब मनपर्छ उनलाई ।’ सकुनी महाभारतका चर्चित पात्र हुन्, जसले पाँच पाण्डवलाई वनबास पठाउन भूमिका खेलेका थिए ।

सकुनीलाई छलकपट र अन्यायका प्रतीकका रुपमा चिनिन्छ ।विचार, सिद्धान्त र इमान्दारितामा कुनै

मतलब नभएको तथा जालझेल मात्र जानेको भन्दै प्रचण्डले पूर्वसहकर्मी एवं प्रधानमन्त्री ओलीलाई सकुनीसँग तुलना गरे ।

उनले थप भने ‘पार्टी भित्रैपट्टिबाट वर्गउत्थान भएका केही नेताहरु जो विपरित वर्गको स्वार्थसँग आत्मसमर्पण गर्छन र उनीहरुको प्रलोभनमा फस्छन र उनीहरुका एजेन्ट हुन्छन र आफ्नो वर्गलाई धोका दिन्छन ।

आफू जहाँबाट जन्मिएको हो त्यो धर्ति उनीहरुले विर्सिन्छन र आफूलाई हिजो जसका विरुद्ध लडाई गरेको हो हिजो जसका विरुद्ध विद्रोह गरेको हो त्यही वर्गको प्रतिनिधि जस्तो ठान्न पुग्छन ।

अहिले तपाईहरु हेर्नुभयो भने कताकता केपी ओलीले आफूलाई महाराजधिराज नै भएजस्तो ठान्छन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय