कांग्रेसलाई जनताले भरोसा गर्ने पार्टी बनाउन लागौ : कांग्रेश बरिष्ठ नेता पौडेल

काठमाडौँ नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सर्बोच्च अदालतले संसद पुनस्र्थापना गरेर मुलुकलाई दु.र्घटनामा जानबाट बचाएको बताएका छन ।

नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिले आज काठमाडौंमा आयोजना गरेको कार्याकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै बरीष्ठ नेता पौडेलले यस्तो बतएका हुन ।नेता पौडेलले अहिलेको अवस्थामा नेपाली कांग्रेसले सत्तामा जान हतार गर्न नहुनेमा जोड दिए ।

पौडेलले भने, ‘अहिलेको अवस्थामा नेपाली कांग्रेस सत्तामा जानू हतारिनु हुँदैन । अहिले नेपाली कांग्रेसको हैसियत संसदमा प्रमुख विपक्षी दलमा बस्ने हो ।’

बरीष्ठ नेता पौडेलले पार्टिले अझैजनताको विश्वास जित्ने गरी काम गर्न जरुरी रहेकोमा जोड दिए ।

समग्र राजनितिमा र पार्टीभित्र धेरै बिकृत्ती हरु रहेको औल्याउदै उनले राजनिती र नेपाली कांग्रेसलाई सबै जनताले भरोसा गर्न लायक पार्टी बनाउन आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री एबम कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले कांग्रेसले लोकतन्त्र बिरुद्द कसैसग सम्झौता गर्न नसक्ने बताए ।

नेता केसिले पहिला लोकतन्त्र र पद्दति बचाएर मात्रै कांग्रेसले सरकारमा जाने वा नजाने तय गर्ने धारणा राखे ।

तेस्तै कार्यक्रममा नेपाली कांग्रेस सोलुखुम्बुका नेता तथा नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाशसिंह कार्कीले कांग्रेस भित्रको गुटबन्दी र खिचातानी अन्त्य हुनुपर्नेमा जोड दिदै पार्टी एकताबद्द भएर जानु पर्ने धारणा राखे ।

पार्टी एकढिक्का हुन नसके फेरी पनि पराजय भोग्नुपर्ने अवस्था आउन सक्ने भन्दै कम्युनिष्ट पार्टी फुटेकोमा खुशी हुनु भन्दा कांग्रेसलाई एकताबद्द बनाउन लाग्नुपर्नेमा कार्किले जोड दिए ।

नेता कार्किले पर्टिको क्रीयासिल सदस्यता प्राप्त हुनु सामान्य भएको उल्लेख गर्दै पार्टिमा आस्थावान र आबद्द सबैलाई क्रीयासिल सदस्यता पाउने हक भएको बताए ।

कार्यक्रममा कांग्रेस सोलुखुम्बुका सभापती बिनोद बस्नेत, पार्टिका अन्य नेताहरु ,महासमिती सदस्यहरु, महाधिबेसन प्रतीनिधीहरु , जिल्लाकार्य समितिका पदाधिकारी र सदस्यहरु

एबम भात्री तथा शुभेच्छुक संस्थाका प्रमुखहरु तथा प्रतीनिधीले आ- आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय