आज कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ कांग्रेसको पदाधिकारी बैठक आज बिहीवार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्दैछ बठक दिउँसो तीन बजे बस्ने बताइएको छ् ।

आजको बैठकमा सवोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछिको आगामी रणनीतिको बारेमा छलफल हुनेछ ।सवोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठक केन्द्रित हुने नेताहरुले बताएका छन् ।

नेकपासँग सत्ता साझेदारी गर्नेरनगर्ने भन्ने विषयले समेत बैठकमा महत्व पाउने छ । नयाँ सरकार गठनको प्रकृयामा प्रतिक्षी दल कांग्रेस नै निर्णायक देखिएको छ ।

यसअघि बुधवार नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार

नेपालले देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्ताव गरेका विषयहरु बाहिरीएका छन् । त्यसो त देउवालाई नेकपाकै ओली समूहले समेत सत्ता साझेदारीको प्रस्ताव राख्दै आएको बताइन्छ ।

प्रतिनिधिसभातर्फ कुल २ सय ७५ सांसद छन्। जसमा कांग्रेसतर्फ ६३ सांसद छन्। यसैगरी, नेकपाका १ सय ७४ सांसद छन्। त्यसमध्ये एक जनाको निधन भएको छ।

यो संख्यामा हाल नेकपाको प्रचण्ड-नेपाल समूहतर्फ ८७ सांसद रहेको दाबी गरिएको छ भने प्रधानमन्त्रीसमेत रहेका ओली समूहतर्फ ८३ जना रहेको भनिएको छ। तर, तीन जना सांसद भने खुलेका छैनन्।

नयाँ सरकार गठनका लागि १ सय ३८ सांसद आवश्यक पर्छ। यो संख्या नेकपाका कुनै एक समूहले कांग्रेसको साथ बिना पु-याउन सम्भव छैन। नेकपा र कांग्रेसबाहेकको ३८ सिट छ ।

जसमा जनता समाजवादी पार्टीको ३४, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्रका एक–एक गरी चार सांसद छन् ।

कांग्रेसमा मौका मिल्दा देउवा आफैं सरकारको नेतृत्व गर्ने सुरमा छन्। तर पार्टीभित्र सरकारमा सहभागी नहुन देउवामाथि चर्को दबाव छ।

अहिले कांग्रेस सकारका सहभागी नहुने र कांग्रेसले अब आफ्नो सम्पूर्ण ध्यान महाधिवेशनमा केन्द्रित गर्नुपर्नेमा महामन्त्री डा शशाङ्क कोइरालाले जोड दिदै आएका छन ।-न्यू सञ्चार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय