प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङ भत्किसकेको छ : नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङ भत्किसकेको दाबी गर्नुभएको छ ।

नेकपा प्रवास समन्वय कमिटीको आयोजनामा भएको भर्चुअल अन्तरक्रियालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो दाबी गर्नुभएको हो ।सेटिङ भत्किएपछि ओली आत्तिएको भन्दै प्रचण्डले अब अदालतले केही दिनभित्रै प्रतिनिधि सभा पुनर्स्थापना गर्ने जिकिर गर्नुभयो ।

‘केपी ओलीको तथाकथित सेटिङ भत्किसकेको छ, केही दिनमै अदालतले संसद् पुनर्स्थापना गर्छ । अहिले माहोल सकारात्मक बनेको छ,’ उहाँले भन्नुभयो ।यही कारण पछिल्लो समय प्रधानमन्त्री ओली विक्षिप्त भएर बर्बराएको उहाँको टिप्पणी छ ।

‘केपीजीले विक्षिप्त भएर अदालतविरुद्ध आन्दोलन गर्छु भन्नुभयो, उपराष्ट्रपति, सभामुखलाई अपमान गर्ने काम गर्नुभयो,’ प्रचण्डले भने, ‘परिपक्व प्रदेश प्रमुखलाई बर्खास्त गर्नुभयो । यसले पनि उहाँ छट्पटिँदै जानुभएको देखिन्छ ।’

प्रधानमन्त्री ओलीले ७० वर्ष लामो आन्दोलनबाट प्राप्त उपलब्धिलाई एकै झट्कामा चकनाचुर पारेको उहाँको आरोप छ ।

‘आफैले अघि सारेको प्रधानमन्त्रीलाई समयमा नियन्त्रण गर्न नसक्दा ७० वर्ष लामो आन्दोलनबाट प्राप्त उपलब्धिलाई केपी ओलीले एकै झट्कामा चकनाचुर पारे यसका लागि म माफी माग्छु,’

प्रचण्डले भन्नुभयो, ‘तर केपी ओलीले देशलाई अँध्यारो सुरुङभित्र लाने प्रयासलाई सर्वोच्च अदालतले रोक्ने र देश संविधानको बाटोमा पुन फर्कनेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय