काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको माया लाग्ने गरेको बताएका छन् ।
नेकपाको ओली समूहले विराटनगरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले अहिले आएर प्रचण्डको माया लाग्ने गरेको बताए।प्रचण्ड सकिने बाटोमा हिडेको भन्दै ओलीले भने, ‘भिरमा लड्ने गोरुलाई रामराम भन्न सकिन्छ काधैँ हाल्न त सकिँदैनन् नि।
अझै पनि तपाईलाई स्वागत छ आउनुहोस् जनताको सागरमा मिसिनुहोस् तपाईँलाई स्वागत छ,’ ओलीले भने।
उनले थप भने, ‘मलाई त प्रचण्डको माया लाग्न थालेको छ। पहिला उहा
सँग बैद्य हुनुहुथ्यो। त्यसपछि बैद्यबाट टाढिएर डाक्टरलाई लिनु भयो। डाक्टरबाट पनि टाढिनु भयो अहिले झाक्रिलाई साथमा लिनु भएको छ।’
प्रचण्डले अब नेपालको राजनीतिमा सफलता पाउन नसक्ने ओलीले बताए ।
उनले भने ‘सिद्धिसकेका प्रचण्डलाई मैले फेरि एउटा जुरो हालिदिएको थिएँ, ठूलै जुरो हालिदिएको थियो ।
मैले अलिकति सिङ पनि हालिदिएको थिएँ । लामा सिङ भएपछि उहाँमा अहंकार बढ्यो,’