महेन्द्र घिमिरे/मुसिकोट गुल्मी/नबखबर
मुसिकोटमा सार्बजनिक सुनुवाइ तथा मेसिनरी औजार बितरण कार्यक्रम सम्पन्न गरिएको छ।
कृषि ज्ञान केन्द्र गुल्मीको आर्थिक सहयोग र मकै ब्लक सम्यन्वय समितिको साझेदारीमा संचालित मकै ब्ल्क कार्यक्रमको प्रथम सार्बजनिक सुनुवाइ
तथा मेसिनरी औजार बितरण कार्यक्रम मुसिकोट नगरपालिका वडा न ५ आपचौरमा सम्पन्न गरिएको छ।
मुसिकोट नगरपालिका वडा न ४ र ५ मा ३६१ घरधुरी लाभान्वित हुने गरि २९९ रोपनीमा ६ वटा समूह मार्फत मकै ब्लक कार्यक्रम सचालित रहेको छ।
कार्यक्रममा ३ हाते ट्याक्टर मकै छोडाउने मेसिन ६ वटा १६ लिटर स्प्रेरे १८ वटा लगायतका सामाग्री बितरण गरिएको थियो।
खाधन अन्तर्गत प्रमुख बालीको रुपमा रहेको मकैमा मुसिकोट नगरपालिकालाई
आत्मनिर्भर गराउदै ब्लक बाट मकै जोनको रुपमा स्तरउन्नतिका लागि नगरपालिकाको सहयोग र साथ रहेने नगरप्रमुख सोमनाथ सापकोटाले बताउनु भयो।
कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख कोमल साही मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटा वडा ४ वडा अध्यक्ष ओम बहादुर केसि ५ का वडा अध्यक्ष भागीरथ खरेल वडा सदस्य कृषि प्राबिधिक लगायतको उपस्थिति रहेको
कार्यक्रम रुद्रराज खरेलको सभाअध्यक्षाता पारेस्वर खरेलको स्वागत मन्तव्य र कृष्ण रानाको सचालनमा सम्पन्न भएको छ।