काठमाडौं । इस्लाम धर्म मान्नेहरू तलाकप्रथाका बारेमा जानकार मानिन्छन् ।

सरिया कानूनअनुसार यदि कुनै पुरुषलाई आफ्नी श्रीमती मन परेन भने तीनपटक ‘तलाक, तलाक, तलाक’ भनेपछि सम्बन्ध विच्छेद हुन्छ।पछिल्लो समयमा विवादित मानिएको

यो प्रथा दक्षिण एसियाकोधेरैमुस्लिम समुदायमा अहिले पनि कायमै छ ।शहर बजारर शिक्षित समुदायमा यो प्रथा हटिसकेको छ ।

तलाक प्रथालाई प्रधानमन्त्रीसमेत रहेका खड्गप्रसाद ओलीको समाजशास्त्रीय मान्यतासँग जोडौं ।

तीनपटक आफ्नो जयजयकार गर्नेलाई ओलीले कुर्ची दिएर सम्मान गर्ने परिपाटी बसाएका छन् ।

केही दिनअघि नेकपा ओली समूहको युवा भेलालाई गृहमन्त्री समेत रहेका रामबहादुर बादल निकट युवाहरूले बहिष्कार गरेका थिए ।

बहिष्कार गर्नुको कारण प्रष्ट पार्दै एक युवाले ज्योतिन्यूजसँग भनेका थिए, ‘त्यहाँ तीनपटक केपी ओली जिन्दावाद भनेदेखि पद पाइने रहेछ । हामी अग्रगामी संस्कारबाट हुर्केर आएका हौँ । कसरी मिल्ने ?’

प्रदेश २ को प्रदेश प्रमुख फेरिन्छन् भनेर शुक्रवार अपराह्न सम्म कसैलाई थाहा थिएन । यदि फेरिइहाले भने पनि राजेश झा नै बन्लान् भनेर कसैले परिकल्पना गर्ने कुरै थिएन ।
तर कामचलाउ हैसियतको चुनावी सरकारले आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गएर ओलीको गुनगान गाउने झालाई प्रदेश प्रमुख नियुक्त गरि छाड्यो ।

युवा समूहमा मात्र होइन, केपी ओलीले आफ्नो जयजयकार गर्नेहरूलाई छानीछानी माथि पुर्याउने कसम खाएका रहेछन् भन्ने कुराको पुष्टि झाको नियुक्तिले गर्छ ।
मधेश विश्लेषकका रूपमा उदाएका कानून व्यवसायी झा कुनै बेला राजद्रोहको मुद्दाको अभियुक्त थिए भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ ।

उनी सम्पादक रहेको मधेशवाणी पत्रिकामा उनले राज्यविरुद्ध गतिविधि गरिरहेको तत्कालीन जनतान्त्रिक तराइ मुक्ति मोर्चाले आह्वान गरेको सैन्य भर्नाको विज्ञापन छापिएको थियो। त्यसपछि झा माथि राज्यद्रोहको मुद्दा लाग्यो ।

२०६७ सालको असोजमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरेको केही दिनमा उनले आइन्दा यस्तो गल्ती नगर्ने भनी कागज गरेपछि प्रहरीले रिहा गरिदियो ।

शुरूमा मधेशवादी मुद्दामा केन्द्रित भएर कलम चलाउने झा पछिल्ला केही वर्षमा खड्गप्रसाद ओलीको गुनगान गाउँथे। उनले ओलीको गुनगान मात्र गएनन्, समानान्तर रूपमा प्रचण्डर मधेशवादी दलहरूलाई केन्द्रमा राखेर तिखो र कहिलेकाहीं अश्लील आलोचनासमेत गर्ने गर्थे ।

संघीयता र धर्मनिरपेक्षता को विरोध गर्ने झा अहिले प्रदेश २ को प्रमुख भएर सपथ पनि लिइसकेका छन् । बरू लामो समय दलित मुक्तिको आन्दोलनमा सहभागी तिलक परियारलाई ओली सरकारले अपमानित गर्दै पदमुक्त गर्यो ।

परियारको बर्खास्तीलाई कतिपयले गुरु भट्टराईको सेटिङका रूपमा अर्थ्याएका छन् । स्वयम् परियारले आफ्नो स्वकीय अधिकृतले गरेको गल्तीको सजाय आफूले पाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

अचम्मको कुरा के छ भने रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले पनि सामाजिक सञ्जालमा अश्लील गाली गरेकै भरमा नियुक्ति पाएका थिए । उनले अहिले आफूलाई ओलीको साइबर सेनापतिका रूपमा चिनाउने गर्छन्।

केही दिनअघि भट्टराई र परियारका स्वकीय सचिव अनिल पासवानबीच फोनमा कुराकानी हुँदा भट्टराईले आफूलाई केपी ओलीको छोरो भएको भन्दै एक घण्टामा अपहरण गरिदिने धम्की दिएको अडियो सार्वजनिक भएको थियो ।

अडियो सामग्रीमा भट्टराई अश्लील बोल्दै पासवानलाई अपहरण गर्ने धम्की दिएका थिए । पासवानले उक्त अडियो सार्वजनिक गरिदिए ।

अपहरण गर्ने धम्की दिनेलाई सजाय दिनुपर्ने ओली सरकारले बरू प्रदेश प्रमुख परियारलाई नै पदमुक्त गरिदियो । खुलेर भन्न नसकेपनि ओलीमा मानसिक समस्या रहेको चर्चा यदाकदा भइरहेको छ ।

वरिष्ठ स्वास्थ्यकर्मी डाक्टर सुन्दरमणि दीक्षितले केही वर्षअघि नै ओलीमा मानसिक समस्या रहेको बताइसकेका छन् ।

सिधा भन्दा कसैको स्वास्थ्य अवस्थामाथि टिप्पणी गरेको आरोप लाग्ने डरले यतिबेला कविता, कथा, आलेख र अन्य विधा समातेर ओलीमा गम्भीर किसिमको मानसिक समस्या रहेको तथ्य बेलाबेलामा आउने गर्छ ।

यद्यपि ओलीमा साँच्चिकै मानसिक समस्या छ कि छैन भन्ने स्वतन्त्र पुष्टि भएको छैन । कुनै डाक्टरले चेकअप गरेर यस्तो समस्या छ भनेको छैन ।

यो समाचार टिप्पणीको आशय पनि ओलीमा कुनै समस्या छ भनेर देखाउनु होइन ।

तर यदि ओलीमा जस्तोसुकै भएपनि गम्भीर किसिमको विचलन नभएको भए सामाजिक सञ्जालमा अश्लील गाली गर्ने, तराइ मधेशका पिछडिएका समुदायको खिल्ली उडाउने, संघीयता र धर्मनिरपेक्षता प्रति विषवमन गर्ने व्यक्तिलाई टिपेर किन पद बाँडिरहेका छन् त ? यो अबको बहसको बाटो हो ।

अर्को कुरा ओलीमा शुरूदेखि नै राजनीतिक संस्कार छैन भनेर उनकै सहपाठी राधाकृष्ण मैनालीले बारम्बार भन्दै आएका छन् । प्रतिशोधका भरमा ओलीको समाजशास्त्र चल्छ ।

आफ्नो जयजयकार गर्नेलाई ओलीले राज्यद्रोही नै भएपनि काखी च्याप्छन् भने आफ्ना आलोचकलाई ओलीले पानीमुनि गए पनि छोड्दैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय