महेन्द्र घिमिरे/ मुसिकोट गुल्मी/नबखबर स्वास्थ्य सस्थामा कार्यरत कर्मचारीहरुका लागि २ दिने HMIS तालिम सम्पन्न भएको छ।
मुसिकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय स्वास्थ्य शाखा वामिट्क्सारको आयोजनामा बुधबारदेखि संचालन गरिएको तालिम बिहिबार एक कार्यक्रमका बिच समापन समारोह सम्पन्न गरिएको हो।मुसिकोट नगरपालिका भित्र रहेका स्वास्थ्य चौकी आधारभुत स्वास्थ्य इकाइ सामुदायिक हेल्थ इकाइ शहरी स्वास्थ्य इकाइका प्रमुखहरुलाइ
यो तालिम प्रदान गरिएको हो।मुसिकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख तथा तालिम सयोजक डि. बि. जि.सि.ले कार्यक्रममा बोल्दै यस तालिमले स्वास्थ्य सस्थाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुको तथ्यांक
ब्यबस्थित रुपमा राख्न महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै मुसिकोट नगरपालिकाको स्वास्थ्य क्षेत्रमा एउटा उल्लेखनीय प्रगती हुने आशा व्यक्त गर्नुभएको छ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय तथ्यांक अधिकृत तथा प्रमुख प्रशिक्षक टुक प्रसाद पोखरेलले मुसिकोट नगरपालिकालाई यो तालिम आयोजना गरेकोमा
धन्यवाद व्यक्त गर्दै स्वास्थ्यको सुचकमा यस तालिम पछि सकारात्मक रुपमा सुचक इन्डिकेटर थपिने भन्दै सहि र यथार्थ डाटाको ब्यबस्थापनका लागि यो तालिम प्रदान गरिएको बताउनु भयो।
तालिमको समापनमा सहभागीको तर्फबाट मुसिकोट नगरपालिका वडा न ५ आपचौर स्वास्थ्य चौकी इन्चार्ज माधव घिमिरेले आफुले तालिमको अबसरमा सिकेका कुरा प्रस्तुत गर्नुभएको थियो।
मुसिकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको अध्यक्षता रहेको तालिम समापन कार्यक्रममा स्वास्थ्य कार्यालय गुल्मिका सुमन सापकोटाको
सहजीकरण रहेको कार्यक्रमको संचालन मुसिकोट नगरपालिका स्वास्थ्य शाखा उप संयोजक पुष्कर गौतमको रहेको थियो।