गुल्मीमा नेकपा ओलि पक्षले बृहत प्रशिक्षण तथा अन्तर्कृया कार्यक्रम गर्दै

विष्णुप्रसाद आचार्य /भुवन काफ्ले /मुसिकोट गुल्मी/नबखबर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओलि पक्ष समुहले बृहत प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

नेकपा गुल्मी मुसिकोटको नगर कमिटीको आयोजनामा  उक्त कार्यक्रम हुन लागेको नबगठित नेकपा मुसिकोटका नगर सचिव प्रकाश काफ्लेले नबखबरलाइ जानकारी दिनुभयो ।आउदो फागुन ८ गते शनिबारका दिन मुसिकोट नगरपालिका वामी परुवास्थित रुद्रावती बहुमुखि क्याम्पसमा कार्यक्रम हुन लागेको नेकपाले जनाएको छ ।

नेकपाको केन्द्रमा देखिएको पार्टी विभाजनको संकेत गाउगाउमा परेसङ्गै मुसिकोटमा पनि नेकपाको ओलि पक्ष र प्रचण्ड माधाव पक्षका छुट्टाछुट्टै कमिटीको रुपमा विभाजित भएका छन ।

मुसिकोटमा प्रचण्ड माधव समुहको नगर कमिटीका अध्यक्ष खुम बहादुर थापा र सचिव अग्निधर लोहनी हुनुहुन्छ

भने केपि ओलि पक्षले नया समिती गठन गरेर अध्यक्ष कर्णध्वज जिसि र सचिवमा प्रकाश काफ्लेलाइ जिम्मेवारी दिएको छ ।

शनिबार दिनको ११ बजेदेखी हुने कार्यक्रममा गुल्मीबाट लुम्बिनी प्रदेशमा साम्सदको रुपमा प्रतिनिधित्व गर्ने कमलराज श्रेष्ठ र खड्ग केसीसङ्गै नेकपा गुल्मीका अध्यक्ष मधुकृष्ण पन्थ र नेकपा केन्द्रिय सदस्य बालसिङ्ग काउछाको उपस्थिति तथा सम्बोधन रहने नबगठित नेकपाका मुसिकोट नगर कमिटी अध्यक्ष कर्णध्वज जिसिले जानकारी दिनुभयो ।

नेकपाको आन्तरिक विवादका कारण कतिपय अलमलमा परेका नेता तथा कार्यकर्ताहरुलाइ दुबिधा हटाउन साथै विकाश र सम्वृद्धिको यात्रामा अगाडि बढिरहेको ओलि पक्षले नै आम कम्युनिस्टहरुको विचारलाइ प्रतिनिधित्व गर्न सक्ने भएकोले उक्त कार्यक्रमबाट कसैको मनमा शंका उपशंका नरहने पनि सचिव काफ्लेले जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा विभाजित हुनुका सम्भावित कारणहरु र अबको नेकपाको कदमका विषयमा कार्यकर्तामाझ बिचार बिमर्श समेत हुने बताइएको छ ।

कार्यक्रममा नगरभित्रका झण्डै ५०० को संख्यामा नेता तथा कार्यकर्ताले सहभागिता जनाउने गरि व्यवस्थापनमा जुटेको काफ्लेको भनाइ छ ।

समृद्धि र राष्ट्रियताको पक्षमा , अस्थिरता र अराजकताको विरोधमा भन्ने नाराका साथ सम्पन्न हुन गइरहेको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा मुसिकोट नगर कमिटिलाइ विस्तार गरिने समेत आयोजकले बताएको छ ।

तत्काललाइ भने अध्यक्ष र सचिवको मात्र टुङ्गो लगाएर काम अगाडि बढाइएको छ ।

यो पनि पढ्नुहोस् काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफूविरुद्ध परेको अदालतको अवहेलना मुद्धाको जवाफ दिन सर्वोच्च अदालत जानुभएको छ ।

पौने १२ बजे सर्वोच्च अदालत प्रवेश गर्नुभएका प्रधानमन्त्री ओली १२ बजे फर्किनुभएको छ ।आफूमाथि लागेको अवहेलना मुद्दामा लिखित जवाफ पेश गरेपछि न्यायपरिषद सचिवालयको निर्माणाधीन भवनको पनि निरीक्षण गर्नुभएको थियो ।

२०७७ माघ १५ गते सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शर्मा ओलीले लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।

न्यायाधीश मनोजकुमार शर्माको इजलासले प्रधानमन्त्री ओलीलाई सात दिन भित्र जवाफ सहित आफै उपस्थित हुन भनेको हो ।

प्रतिनिधिसभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।

प्रधानमन्त्रीका अभिव्यक्तिले न्यायपालिका र न्यायप्रक्रियाकै उपहास भएको भन्दै वरिष्ठ अधिवक्ता डा। कुमार शर्मा आचार्यले अवहेलना मुद्दा दायर गर्नुभएको थियो ।

त्यसैगरी अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अपहेलनाको मुद्दा पेश गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय