कांग्रेसका स्थानीय नेतादेखि केन्द्रयी सदस्य सम्म खनिए नेकपा विरुद्धमा

नेपाली कांग्रेसले सोमबार गुल्मीमा प्रतिनिधिसभा विघटनका विरुद्ध विरोध प्रर्दशन गरेको छ ।

गुल्मी सदरमुकाम तम्घासमा आयोजित विरोध सभालाई कांग्रेसका केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारी सहित जिल्ला तहका नेताले सम्बोधन गरेका थिए ।

केन्द्रीय सदस्य भण्डारी सहित जिल्ला तहका नेताहरुले नेकपा र सकारको चर्को आलोचना गरे ।

सिंगो कम्युनिष्ट आन्दोलन नै जनताको हितमा नभएको उनिहरुको दाबी थियो ।

झापा विद्रोह तथा तत्कालीन् माओवादीले गरेको जनयुद्धले सोझा जनता मात्रै मारिएको काग्रेंस नेताले दाबी गरेका छन् । त्यस्तै नेकपाको आन्तरिक कलहका कारण संसद विघटन गरेर नेकपाले ‘कु’ गरेको आरोप लगाए ।

केन्द्रीय सदस्य भण्डारीले पनि कांग्रेसले संविधान बनाए पनि जनताले विश्वास नगरेको गुनासो गरे ।

कम्युनिष्टहरुले समस्या सिर्जना गर्न सक्ने समाधान गर्ने नसक्ने तथा अराजकता फैलाउने र विकासको विरोधि भएको आरोप समेत उनले लगाए ।
श्रोत गुल्मी अपडेट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय