गुल्मीमा एक लाख २४ हजार ५८५ जनाले राष्ट्रिय परिचयपत्रका लागि बिवरण दर्ता गराए

तिलाचन पाण्डे, गुल्मी

गुल्मीमा एक लाख २४ हजार ५८५ जनाले राष्ट्रिय परिचयपत्रका लागि बिवरण दर्ता गराएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लाका १२ वटा स्थानीय तहहरु मध्ये धुर्कोट गाउँपालिकाकमा १० हजार ५८०,मदानेमा नौ हजार ७८० ,गुल्मीदरबारमा ११ हजार ९०५ र छत्रकोटमा १० हजार ८३९, इश्मामा नौ हजार ३५८ , कालीगण्डकीमा नौ हजार ३१ ,

त्यस्तै रुरुक्षेत्रमा नौ हजार ५९९ ,चन्द्रकोटमा नौ हजार ४५० ,सत्यवतीमा १० हजार ६६४ , मालिकामा १० हजार २४० , मुसिकोट नगरपालिकामा १४ हजार ६७८जनाको बिवरण दर्ता कार्य सम्पन्न भइसकेको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी उद्धब पन्थीले जानकारी दिए ।

अहिले रेसुङगा नगरपालिकाका १४ बटै वडाहरुमा बिवरण दर्ताको काम भइरहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । राष्ट्रिय परिचय पत्रले नागरिकका सेवा ,सुबिधा सङगै परिचय र अपराध नियन्त्रण गर्नका लागि पनि महत्वपुर्ण मानिन्छ ।

यस अघि नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले माघ ११ गते जिल्ला प्रशासन कार्यालय गुल्मीबाट राष्ट्रिय परिचयपत्र लिइसकेका छन् ।

ज्ञवालीले २०७६ साल साउन ३२ गते जिल्ला प्रशासन कार्यालय गुल्मीमा स्थायी स्टेशनको एक कार्यक्रमका बिच उद्धाटन गरी विवरण दर्ता गराएका थिए ।

मन्त्री ज्ञवालीलाई जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारी रुद्रादेबि शर्माले राष्ट्रिय परिचय पत्र बितरण गरेकी थिइन् ।

यस्तै सोही कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थी, रेसुङगा नगरपालिकाका वडा नम्बर १ की बिष्णुमाया पाण्डे र वडा नम्बर ४ का कुलानन्द भण्डारीलाई

परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रिय परिचय पत्र बितरण गरेका थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय