ओलीको कदमविरुद्ध संघर्ष गर्न छोडेर पलायन हुँदैनौ: नेकपा अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध संघर्षको बाटो छोडेर पलायन नहुने दावी गर्नुभएको छ ।

आज बिहान लालितपुरमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा उहाँले भन्नुभयो– ‘हामी संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्षमा छौँ । यो बाटो छोडेर हामी कोही पनि नेता पलायन हुने छैनौं ’ ।यस्तै उहाँलृे राम्रा दिमाग भएकाहरू प्रतिगमनको विरोधमा रहेको बताउनुभएको छ ।

नागरिक समाज, लेखक र बुद्धिजिवीहरु सरकारको असंवैधानिक कदमको विरोधमा रहेको अध्यक्ष प्रचण्डको तर्क छ ।

‘यो पार्टीभित्रको मात्रै विवाद होइन ।

यो प्रतिगमनका पक्षमा र संविधानको पक्षमा भएको हमला हो,’ उनले भने, ‘अहिले किन नागरिक समाज, लेखक, बुद्धिजिवी प्रतिगमनको विरुद्धमा आएका छन्, उनीहरू कम्युनिष्ट होइनन् । यो देशका राम्रा दिमाग भएकाहरू प्रतिगमनका विरूद्धमा छन् ।’

एमसीसीबारे पार्टीले अन्तिम निर्णय लिइनसकेको उहाँको भनाई छ । ‘एमसीसीबारे पार्टीले अन्तिम निर्णय लिएको छैन,’ उहाँले भन्नुभयो ‘यो बेला प्रतिगमनविरुद्धको नारामा फोकस नभएर दशथरीको नारा लगाउनुभन्दा एउटै विषयमा फोकस हौं भनेको हो, त्यसले आन्दोलन प्रहारको निशाना कमजोर हुन्छ भनेर मैले रोकें ।’

यो पनि पढ्नुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हप्की दप्की नगर्न र कानुनको पालना गर्न आग्रह गरेका छन् ।

नेकपाको प्रचण्ड–माधव समूह नियम तोड्ने, धाकधक्कु लगाउने र कानून मान्दिन भन्दै प्रहरी प्रशासन तथा निर्वाचन आयोगलाई धम्की दिदै हिँडेको उल्लेख गर्दै उहाँले अब ‘कानून मान्दिनँ’भन्ने जमाना गएको टिप्पणी गरे ।

कानूनको पालना गर्नुहोस् हप्की दप्की गर्ने होइन । पालना गर्न सिक्नुहोस् कानुनको । लोकतन्त्र भनेको कानूनको राज हो । बलमिच्याँईंको राज होइन ।

प्रचण्डलाई म सम्झाउन चाहन्छु’ बिहीबार काठमाडौंमा अखिल नेपाल

किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले भने, ‘ती दिन गए जतिबेला तपाई संविधान मान्दिनँ, कानुन मान्दिनँ भनेर उपद्रो मच्चाएर हिँड्नुभएको थियो ।’

प्रचण्डले हामी यहाँ छौं भनेर अदालतलाई र निर्वाचन आयोगलाई धम्क्याएको ओलीले टिप्पणी गरे ।

आमहड्ताल आह्वान गरेर प्रचण्ड माधव समूहले जनतालाई दुःख दिएको र आफूहरु चाहिँ गाडी र मोटरसाइकलबाट जनताले पाएको दुखको तमासा हेर्दै हिँडेको ओलीले आरोप लगाए । उनले कार्यकर्ता नभई नेताहरु आफैं सडकमा उत्रिएको भन्दै व्यंग्य गरे ।

‘बाटाका छेउमा ल्याएर बेचिराखेको तरकारी सडकभरी फ्याकेर क्रान्तिकारिता देखाउनुभयो । अरुका गाडी जलाउनु भो आफू गाडी सयर भएर तमासा हेर्दै जनताले कति दुख पाएका छन् हँ भनेर ? गाडी चढेर तमासा हेर्दै हिड्नुभयो’ ओलीले भने ।

उनले अघि भने, ‘कार्यकर्ता सिद्धिएछन् अनि आफैं हामी यहाँ छौ भन्ने एउटा टास्यो । अनि गाडी रोक भनेर को उभिएको छ भनेर हेरेको त प्रचण्ड उभिइराखेको ।

उभिएको कस्तो ठाउँमा फेरि सातदोबाटोमा । साइनबोर्ड लिएर । कार्यकर्ता छैनन् सिद्धिएछन् ।’

प्रधानमन्त्री ओलीले उच्च मनोबलसहित बहुमत ल्याउने ढंगले निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पार्टी र सरकारलाई काम गर्न नदिने केही व्यक्ति पार्टी छोडेर जादैमा आत्तिनुनपर्ने भन्दै ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउछौं भन्ने मनोबलका साथ अघि बढ्न निर्देशन दिए ।

‘शानदार बहुमत ल्याउनु पपर्छ । कसैले ठान्ला पार्टी फुटेको छ कसरी बहुमत ल्याउँछ ? ३ करोड मान्छेमा २÷४ जना जाँदैमा पार्टी फुट्यो ? आत्तिनुपर्दैन । मनोबल गिराउनु पर्दैन । हामी जित्न सक्छौं’ उनले भने ।

प्रधानमन्त्री ओलीले विवाद गर्ने र झगडा गर्नेहरुले पार्टी छोडेकाले अब आगामी दिनमा पार्टी आन्तरिक शुद्धिकरणसहित सुदृढ भएर अघि बढ्ने दावी गरे ।

‘विवाद गर्नेहरु, झगडा गर्नेहरु, झगडा गर्र्ने बानी परेकाहरु, मुद्धा लड्ने बानी परेका, सिँगौरी खेल्ने बानी परेका, भुइँ खोस्रिने बानी परेका, गालीगलौच गर्ने बानी परेका, मुख छाड्ने बानी परेका, जहिले जहाँ पुगेपनि निहुँ खोज्ने बानी परेका हटे ।

अब आन्दोलनलाई एकजुट बनाएर लाने हो’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलनका सबै भन्दा ठूला विरोधी प्रचण्ड माधव समूह भएको आरोप लगाए ।

‘आज कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो विरोधी को छ भने कम्युनिष्टकै बर्को ओडेर उ ह्वाँ बाटामा बसेको छ । कम्युनिष्टकै बर्को ओडेर बाटामा बस्ने र कम्युनिष्ट आन्दोलनकै सबभन्दा बढी विरोधी ।

लोकतन्त्र, कम्युनिष्ट आन्दोलन, कम्युनिष्ट एकताको विरोधी सबभन्दा को छ भन्दाखेरी कम्युनिष्टकै खोल ओढेकाहरु’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय