एक लाखभन्दा बढीले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं । कोरोना विरुद्धको खोप अभियानको छैटौँ दिनसम्ममा १ लाखभन्दा बढीले खोप लगाएका छन् ।

७७ वटै जिल्लामा सुरु गरिएको अभियान अन्तर्गत सोमबारसम्म १ लाख १३ हजार १ सय ७५ जनाले खोप लगाएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छैटौँ दिन सोमबार ७७ जिल्लाका १ सय ९१ खोप केन्द्रबाट २५ हजार १ सय ६८ जनाले लगाएका छन् ।

पहिलो दिन ९ हजार ८४, दोस्रो दिन १९ हजार ६ सय ४८, तेस्रो दिन १७ हजार ४ सय ६५,चौथो दिन १४ हजार ८ सय ९४, पाँचौँ दिन २३ हजार ५ सय ८५ जनाले कोरोनाको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा १५ हजार ३ सय २९, प्रदेश २ मा १५ हजार २४, बागमती प्रदेशमा ४० हजार २ सय ७२, गण्डकीमा १३ हजार ९ सय २२,

लुम्बिनीमा १४ हजार ६ सय ४०, कर्णालीमा ६ हजार १ सय ३१ र सुदूरपश्चिममा ७ हजार ८ सय ५७ ले खोप लगाएका छन् ।

मन्त्रालयका अनुसार खोप लगाएका केही व्यक्तिहरुमा सामान्य असरहरु देखिएपनि ती असरहरु केही समयपछि आफै निको भएको छ ।

यद्यपि हालसम्म कसैलाई पनि जटिल स्वास्थ्य समस्या नदेखिएको छैन । ढुक्क भएर खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

भारतले अनुदानमा दिएको १० लाख डोज खोप कोरोना विरुद्ध फ्रन्टलाइनमा खटिनेलाई १० दिनभित्र लगाइसक्ने योजना रहेको मन्त्रालयले जानकारी दिएको छ । श्रोत ज्योतिन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय