प्रचण्डविरूद्ध अवहेलना मुद्दाको सुनुवाइ आज हुने

काठमाडौं । नेकपाको प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध अदालतको अवहेलना गरेको आरोपमा दर्ता मुद्दाको सुनुवाइ आज (मंगलबार) हुने भएको छ ।

अधिवक्ता समीर बलामीले दाहालले विराटनगरको आमसभामा अदालतलक्षित बोलेको विषयलाई लिएर सोमबार निवेदन दिनुभएको थियो ।

दाहालले न्यायाधीशहरुको जनभावनाअनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने भन्दै अदालत र न्यायाधीशलाई लक्षित गरी धम्कीसहितको अभिव्यक्ति दिएको रिट निवेदकले बताउनुभएको छ ।

‘सारा देशले सुने हुन्छ, सर्वोच्च अदालतले अन्यथा फैसला गरेमा हामी सभामुखमार्फत प्रतिनिधिसभा बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्ने छौं । हामीलाई अदालतप्रति विश्वास छ तर पनि जनताको अदालत ठूलो हो’, शुक्रबार विराटनगरमा आयोजित आमसभामा दाहालले भन्नुभएको थियो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अदालतको अवहेलनामा छुट्टाछुट्टै निवेदन दर्ता भएको थियो ।

सर्वोच्चले सबै मुद्दामा लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय