काठमाडौं । नेपाली कांग्रेसका भातृ संस्थाहरूले सबै जिल्लामा आज (सोमबार) प्रदर्शन गर्दैछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसको १३ वटै भातृ संस्थाको संयुक्त आयोजनामा आज ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागिएको हो ।
विरोध प्रदर्शनमा सहभागिता जनाउन प्रवक्ता विश्वप्रकाश शर्माले आग्रह गरेका छन् ।
उहाँले ट्वीट गर्दै ‘रातो’ प्रतिगमनविरूद्ध हुने प्रदर्शनमा सहभागिताका लागि आग्रह गर्नुभएको छ ।
पूर्वराजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते गरेको शेरबहादुर देउवा सरकारको विघटनलाई ‘कालो’ प्रतिगमन र ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई ‘रातो’ प्रतिगमन भएको उहाँको टिप्पणी छ ।
उहाँले लेख्नुभएको छ–त्यो `माघ १९´ / यो `माघ १९´ । त्यो कालो प्रतिगमन भएको दिन,यो रातो प्रतिगमन विरुद्धको प्रदर्शन । रंग प्रतिगमनको जुन भएपनी ढंग उहि ।
अन्ततः बहिर्गमन हरेक प्रतिगमनको नियति उहि । आज नेपाली कांग्रेसका १३ भातृ संस्थाको नेतृत्वमा हुने ७७ जिल्लाको प्रदर्शनमा सहभागी बनौं । जय नेपाल !