बुर्तिबाङ,बाग्लुंग/नबखबर
तास खेलिरहेको अवस्थामा निसीखोला गाउँपालिकाका लेखापालसहित ६ जनालाई प्रहरीले प,क्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोलीले उनीहरुलाई शुक्रबार राति १२ बजे
तास खेलि रहेको अवस्थामा प्र,काउ गरेको प्रहरीले बताएको छ ।
शुक्रबार राति वडा नम्बर २ जुग्गाखोलाका तास खेलिरहेको सूचनाको पाएपछि प्रहरी टोली त्यस स्थानमा पुगेर प,क्राउ गरेको हो ।
उनीबाट प्रहरीले २३ हजार रुपैयाँ बरा.मद समेत गरेको छ । प,क्राउ पर्नेमा गाउँपालिकाका लेखापाल खगेन्द्र बुढा मगर रहेका छन् ।
उनीसहित रेशम छन्त्याल, रोशन छन्त्याल, कोपील भन्ने गमबहादु केसी, मोहन बस्नेत, खगेन्द्र कुँवर प,क्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए ।
थप अनु,सन्धानको लागि जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइँदै गरेको प्रहरी निरीक्षक देवकोटाको भनाई छ ।
बागलुङ पोस्ट