गुल्मीका कृषकलाई कृषि औजार वितरण गरियो

सूर्य सुनार, गुल्मी- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई गुल्मीले विहीबार साना मेशिनरी औजार उपकरण कृषकहरुलाई

हस्तान्तरण गरेको छ । जिल्लामा रहेका कृषकहरुलाई आर्थिक वर्ष २०७७ र ०७८ को लागि नेपाल सरकारले कृषिलाई आधानिकीकरण गर्ने उदेश्यले साना मेशिनरी औजार उपकरण कृषकहरुलाई हस्तान्तरण गरिएको प्रधानमन्त्री कृषि

आधानिकीकरण प्ररियोजना परियोजना कार्यान्वयन इकाई गुल्मीका कार्यालय प्रमुख नारायण काफ्लेले जानकारी दिए ।

जिल्ला समन्वय समिति गुल्मीका अधिकारी विजयकुमार कार्कीले सरकारले कृषिलाई

आधुनिकीकरण गर्ने उदेश्यले मेशिनरी औजार वितरण गरेको बताए ।
मेशिनरी औजार उपकरणले कृषकहरुलाई लागत कम बढी उत्पादन गर्ने हुदाँ कृषकलाई सहज हुने बताए ।

औजारको प्रयोग गदै कृषि पेशालाई व्यवसायिककरण तर्फ कृषक लाग्न उनले आग्रह गरे ।

प्रधानमन्त्री कृषि आधानिकीकरण प्ररियोजना परियोजना कार्यान्वयन इकाई गुल्मीका कार्यालय प्रमुख नारायण काफ्लेले कृषकहरुलाई सहजको लागि सरकारले मेसिनरी औजार सहयोग गरेको बताए ।

कम लागत बढी उत्पादन गर्न औजारले सहयोग गर्ने बताए । पछिल्लो समय सरकारले दिइएको अनुदानका कार्यक्रम तथा विभिन्न सामग्री दुरुपयोग भएकाले कृषकहरुलाई सही रुपमा प्रयोग गर्ने काफ्लेले आग्रह गरे ।

कृषि ज्ञान केन्द्र गुल्मीका निमित्त कार्यालय प्रमुख युवराज ढकालले पराम्परागत कृषि पेशालाई आधुनिकिकरण तर्फ लैजान सरकारले मेशिनरी औजार वितरण गरेको बताए ।

कृषकहरु अब उत्साहका साथ काम गर्न र कम लागत बढी उत्पादन तर्फ आकर्षित हुन आग्रह गरे ।

कृषकहरुले मेशिनरी औजार पाएकोमा खुशी व्यक्त गरेका थिए । प्रधानमन्त्री कृषि आधानिकीकरण प्ररियोजना परियोजना कार्यान्वयन इकाई गुल्मीले

आर्थिक वर्ष २०७७ र ०७८ को लागि कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मेशिनरी औजार वितरण गरेको थियो । जसमा समूह बनाएर उक्त मेशिनरी वितरण गरिएको थियो ।

विहीबार ४२ वटा मिनि टिलर र १७ वटा मोटर स्पेयर कृषकलाई वितरण गरिएको थियो ।

मकै जोन संचालक समितिका अध्यक्ष लोकहरि कुवँरको अध्यक्षता रहेको कार्यक्रमको संचालन प्रधानमन्त्री कृषि आधानिकीकरण प्ररियोजना परियोजना

कार्यान्वयन इकाई गुल्मीका कृषि अधिकृत सुमन खनालले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय