काठमाडौँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी फुटेर निर्वाचनमा जाँदा हार निश्चित हुने दाबी गर्दै विभाजित नेकपाले चुनाव जित्न नसक्ने भविष्यवाणी गरेका छन् ।
बुधबार ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा आयोजित ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा कार्यक्रममा बोल्दै गौतमले आगामी निर्बाचन कांग्रेसले जित्ने भविष्यवाणी गरेका हुन ।उनले भने, ‘अघिल्लो निर्वाचनमा हामीले ४३ लाख मत प्राप्त गर्यौँ । नेपाली कांग्रेसले ३० लाख प्राप्त गरेको थियो ।
नेकपा फुटेर निर्वाचनमा जाँदा साढे २१ लाख भोट हात पर्छ, यो तथ्यांक केही यताउति पर्न सक्छ । तर यो भोटले निर्वाचन जितिँदैन । पराजित हुने विकल्प छैन ।’
गौतमले केही नेताले एक्लै निर्वाचनमा बहुमत ल्याउने भनेर गरेको दाबी पनि गलत साबित हुने बताएका छन् ।
कांग्रेसले पहिल्यै ३० लाख मत ल्याएकाले अब झन बढाउने गौतमको भनाइ थियो ।
बामदेब गौतमले घोषणा गरेको एकता अभियानमा संयोजक गौतम आफैं छन् भने सहसंयोजक केन्द्रीय सदस्य हरि पराजुली तथा सचिव बाबुराम थापा छन् ।नेकपा बिभाजन देखीनै गौतमले पार्टी एकतामा जोड दिदै आएका छन ।
यो पनि पढ्नुहोस्
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल नेपाल समूहले तेस्रो चरणको आन्दोलन अन्तर्गत आज (बुधबार) माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ ।
प्रतिनिधि सभा विधटनको विरुद्ध आन्दोलन गरिरहेको सो समूहले माइतीघर मण्डलामा बिहान ११ बजे देखि धर्ना सुरु गर्ने भएको हो । आज देखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना दिने नेताहरुले जानकारी दिएका छन ।
धर्नामा तत्कालिन संविधान सभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्यलगायत सहभागी हुने दाहाल–नेपाल समूहले जनाएको छ । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आदिवासी जनजाति महासंघको राष्ट्रिय भेला आयोजना गरेको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा काठमाडौ स्थीत राष्ट्रिय सभागृहमा १२: ३० बजेपछि भेला हुने जनाइएको छ ।
भेला अघि ललितपुरको झम्सिखेलमा १२ बजे भेला भएर मोटरसाइकल ¥याली पनि निकालिने भएको छ ।
नेकपामा तेस्रो पक्षका रुपमा रहेको उपाध्यक्ष बामदेव गौतम नेतृत्वको समूहले पनि आज छुट्टै कार्यक्रमको आयोजना गरेको छ ।
पार्टी एकता राष्ट्रिय अभियानका संयोजक समेत रहनु भएका गौतमले आज पार्टी एकता राष्ट्रिय अभियानको घोषणा सभा गर्न लाग्नु भएको हो ।
घोषणा सभा सिद्धार्थ कटेज पार्टी प्यालेस धोविघाट, ललितपुरमा विहान ११ बजेपछि हुने जनाइएको छ ।