बागलुङ : भारतबाट १० लाख खोप आएपछि बुधबारदेखि देशभर नै लगाउन सुरु गरिएको छ ।
भारतबाट आएको खोप सरकारले प्रदेश र जिल्लामा पठाई सकेको छ ।जिल्लामा खोप आइसकेपछि बागलुङमा पनि बुधबारदेखि खोप लगाउन सुरु गरिएको छ ।
पहिलो चरणमा अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, महिला स्वएमसेवीका, सरसफाई गर्ने कर्मचारी र एम्बुलेन्स चालकलाई लगाइने छ ।
बुधबार धौलागिरी अस्पतालका ७५, बागलुङ नगरपालिकाका ७५ जनाले खोप लगाउदै छन ।
काठेखोलाका ५० जना स्वास्थ्यकर्मीलाई खोप लगाईने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।
गुरौले जिल्लामा पहिलो चरणमा १ हजार ७ सय १४ जनालाई खोप लगाइने योजना भएको भन्दै यसमा पनि कतिपयले लनाउन नमिल्ने अवस्थामा रहेको बताउनुभयो ।
स्वास्थ्य कार्यालयले जिल्लाभरका अग्रपंतिमा खटिनेहरुलाई पोख लगाउने समय तालिका समेत निर्धारण गरेको छ । माघ १५ गते बागलुङ नगरपालिकाका १ सय जना, काठेखोला गाउँपालिकाका ५० जना र धौलागिरी अस्पतालका ५० जनालाई खोप लगाइने छ ।
१६ गते काठेखोेला गाउँपालिकाका ५० जना बागलुङ नगरपालिकाका १ सय र धौलागिरी अस्पतालका ५५ जना, १७ गते जैमिनी नगरपालिकाका ५० जना, काठेखोला गाउँपालिकाका ४५ जना, बागलुङ नगरपालिकाका ५० जना र बडिगाड गाउँपालिकाका ४० जना खोप दिइने छ ।
त्यस्तै १८ गते काठेखोला गाउँपालिकाका ४५ जना, गलकोट नगरपालिकाका ५० जना, जैमिनी नगरपालिकाका ५० जना र ढोरपाटन नगरपालिकाका ५० जनालाई खोप दिइने छ ।
१९ गते ताराखोला गाउँपालिकाका ५० जना, गलकोट नगरपालिकाका ५० जना र निसीखोला गाउँपालिकलाका ५० जनालाई खोप लगाइने छ । त्यसैगरी २० गते बडिगाड गाउँपालिकाका ५० जना, तमानखोला गाउँपालिकाका ४० जना, गलकोट नगरपालिकाका ५० जना र बरेङ गाउँपालिकाका ५० जनालाई खोप दिइने छ ।
२१ गते जैमिनी नगरपालिकाका ६३ जना, बडिगाड गाउँपालिकाका ४० जना, गलकोट नगरपालिकाका ५० जना र ताराखोला गाउँपालिकाका ४४ जनालाई खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
२२ गते निसीखोला गाउँपालिकाका ५० जना, ढोरपाटन नगरपालिकाका ५० जनार गलकोट नगरपालिकाका २६ जना, २३ गते बरेङ गाउँपालिकाका ५५, तमानखोला गाउँपालिकाका ३४ र बडिगाड गाउँपालिकाका ४० जनालाई खोप लगाइने छ ।
२४ गते बडिगाड गाउँपालिकाका ३८, ढोरपाटन नगरपालिकाका ५५ जना र निसीखोला गाउँपालिकाका ४१ जनालाई खोप लगाईने गरि समय तालिका निर्धारण गरिएको छ । तर १८ गते भित्र सक्ने गरी खोप लगाउनका लागि निर्देशन आएको गुरौले बताए ।
अहिले धौलागिरी अस्पताल बागलुङमा मात्रै खोप केन्द्र छ । यहाँबाट दुई स्थानबाट खोप दिने प्रबन्ध मिलाइएको र छिटो सक्नु पर्ने निर्देशन आएका बढाउने गुरौको भनाई छ ।
यो पनि पढ्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस विरुद्धको खोपको अभियान शुभारम्भ गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट देशभरका खोप केन्द्रमा एकसाथ शुभारम्भ गरेका हुन् ।
उक्त भर्चुअल शुभारम्भ बुधबार नै शुरु भएका १२० केन्द्रमा देखाइएको थियो ।पहिलो दिन नै १२ हजार जनालाई खोप लगाइने पनि जनाइएको छ ।
पहिलो खोप भने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा । सागर राजभण्डारीले लगाएका छन् ।