भोलि देखि बागलुङमा पनि कोरोना खोप लगाउन सुरु हुँदै

बागलुङ : बागलुङमा पनि कोरोना खोप आएको छ ।

केही दिन अगाडी मात्रै भारतले १० लाख खोप सहयोग गरेको थियो ।सोही अनुसार प्रदेश हुँदै जिल्लामा आएको हो । खोप १४ गतेदेखि लगाउन सुरु गर्ने कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

सुरुवाती चरणमा खोप स्वास्थ्यकर्मी,महिला स्वास्थ्य स्वंयम्सेविका लगाइतलाई दिइने उनको भनाई छ ।

बागलुङमा १ हजार ९ सय ९६ खोप आएको बताइएको छ ।

कोभिड विरुद्धको भ्याक्सिन पोखरा आइपुग्यो, पहिलो चरणमा १८ हजार फ्रन्टलाइनरलाई खोप

गण्डकी प्रदेशका लागि कोरोना संक्रमण ९कोभिड १९० विरुद्धको खोप ‘कोभिसिल्ड’ पोखरा आइपुगेको छ। भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना विरूद्धको खोप आइतबार साँझ पोखरा आइपुगेको हो ।

सरकारले प्रदेशका लागि ल्याएको ‘कोभिसिल्ड’ नामक खोपलाई प्रदेश स्वास्थ्य आपुर्ति ब्यवस्थापन केन्द्रको कोल्ड स्टोरमा राखीको छ ।

गण्डकी प्रदेशलाई खोप लिन पोखराबाट ‘रेफ्रिजेरेटर भ्यान’ शुक्रबार नै काठमाडौं पुगेको थियो । प्रदेशबाट नै जिल्ला अस्पतालमा खोप आवश्यकताका अनुसार वितरण गरिनेछ ।

गण्डकी प्रदेशमा पहिलो चरणमा कोरोना विरूद्धको खोप फ्रन्टलाइनरलाई लगाइने तयारी गरिएको छ । प्रदेशले ४० हजार डोज खोप पाउने बताइएको भएपनि पहिलोचरणमा लगाउने फ्रन्टलाइनरहरुका लागि १८ हजार डोज आएको बताइएको छ ।

आइतबार पोखरा आइपुगेको खोप सोमबार जिल्ला जिल्लामा पु-याउने प्रदेश स्वास्थ्य आपुर्ति ब्यवस्थ्पान केन्द्र पोखराका निर्देशक खिम खड्काले जानकारी दिए ।

प्रदेशका जिल्लाहरुमा खोपलाई २ चरणमा पठाइने छ । पर्वत, बागलुङ, म्याग्दी मुस्ताङमा पहिलो चरण र स्याङजा, तनहुँ, लमजुङ, मनाङ, गोरखा, नवलपरासी पुर्वमा अर्को चरणमा खोप पठाइने छ ।

केन्द्रले खोपसहित व्यवस्थापन र सहजीकरण गर्नका लागि गण्डकी प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमलाई खोप व्यवस्थापन संयोजक तोकिएको छ ।

खोप स्वास्थ्य संस्थामा कार्यरत कोभिड १९ व्यवस्थापनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड १९ को संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी,फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ ।

२ मात्रामा दिइने खोप पहिलोपटक लगाएको १ महिनापछि पुन दोस्रो मात्रा दिइने गण्डकी स्वास्थ्य निर्देशनालका निर्देशक डा.विनोद विन्दु शर्माले बताए। १ हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी रहेको छ ।- बागलुङ पोस्टबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय