खानेपानी तथा सरसफाइको क्षेत्रमा मुसिकोटले आमूल परिबर्तन गरेको प्रमुख सापकोटाको भनाइ

महेन्द्र घिमिरे; मुसिकोट नगरपालिका

अमलडाडा खालधारा खानेपानी तथा सरसफाइ योजना मुसिकोट नगरपालिका ३ तोलादीको उदघाट्न भएको छ।

उदघाट्न समारोह तोलादी प्राथमिक बिधालयको प्राण्गमा सम्पन्न भएको छ।

लुम्बिनी प्रदेश र मुसिकोट नगरपालिकाको बिनियोजित करिब ७२ लाखको लागतमा उक्त योजना सम्पन्न भएको हो।

कुल १५६ घरधुरीले खानेपानी प्रयोग गरिरहनुभएको छ। लामो समय लगायर ढोकोमा पानी बोकेर खाइरहनुभएका यहाहरुका उपभोक्ताहरु घर घरमा धारा आएपछि खुसी ब्यक्त गर्नुभएको छ।

मुसिकोट नगरपालिका अन्तरगत प्रत्येक घरधुरीमा खानेपानी पुर्याउने गरि काम संचालन भैरहेको छ। उद्घाटन समारोहमा यश खानेपानी तथा सरसफाइ योजनालाइ सफल गराउन सहयोग गर्नुहुने महानुभावहरुलाइ सम्मान गरिएको थियो।

मुसिकोट नगरपालिका छाया सरकार प्रमुख झबिलाल भण्डारी मुसिकोट नगरपालिका कानुनी सल्लाहकार अनन्तलालबहादुरले मुसिकोट नगरपालिका वडा न २ लक्ष्मण खत्री वडा ४ वडा अध्यक्ष ओम बहादुर केसि वडा न ८ वडा अध्यक्ष एब्म १ घर १धारा संयोजक नारायण सापकोटा वडा ३ वडा अध्यक्ष एब्म भैतिक पुर्बधार बिकास संयोजक कर्ण बहादुर जि सि र प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल ले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल ले बधाई व्यक्त गर्दै भैतिक बिकास र सामाजिक बिकासमा सहयोग पुर्यएको र खानेपानी योजनालाइ दिगो रुपमा सचालन गर्नुपर्ने बताउनु भयो गुल्मी जिल्ला पानीको स्रोतमा आत्मनिर्भर रहेको र यसको ब्यबस्थापनमा हामिले ध्यान दिनुपर्ने बताउनु भयो।

मुसिकोट नगरपालिका बाँस शाखा प्रमुख सीता भुसालले यश खानेपानी तथा सरसफाइ योजना सम्पन्न गरेको मा हार्दिक सुभकामना ब्यक्त गर्दै योजनालाई आगामी दिनमा दिगो र सुरक्षित रुपमा सचालन गर्दै लैजान उपभोक्ताहरुलाई अनुरोध गर्नुभएको छ। वडा न ३ यश आर्थिक बर्षमा १ घर१ धुरीको रुपमा सम्पन्न हनेछ।

मुसिकोट नगरपालिका वडा न३ का वडा अध्यक्ष कर्णध्वज जिसि ले वडाको यो योजना औपचारिक उदघाट्न हुने पहिलो योजना भएको बताउदै यश वडामा खानेपानी सहित अन्य बिकासका योजनाहरु पनि सचालनमा रहेको बताउनु भयो र अब १ घर १ धारा सम्पन्न वडाको रुपमा घोषण गर्ने गरि अगाडी बढेको बताउनु भयो।

खानेपानी तथा सरसफाइ योजनाको उदधाट्न समारोहमा प्रमुख अतिथिको रुपमा नगर प्रमुख सोमनाथ सापकोटाले मन्तब्य राख्दै बधाई तथा सुभकामना ब्यक्त गर्नुभएको थियो ।

मुसिकोट नगरपालिका भित्र खानेपानीको क्षेत्रमा आमूल परिबर्तन भएको बताउदै कुवाबाट पाइप र सार्बजनिक धारा हुँदै घरको धारामा पानी पुर्याएको बताउदै नगर भित्र १८ वटा खानेपानी योजना सम्पन्न भएका छ्न भने १४ वटा खानेपानी योजना संचालित रहेको बताउनुभयो ।

अब केही समयमा सबैको घरमा पानी पुर्याउने बताउदै प्राबिधिक तालिम सहित खानेपानीको योजनामा काम गरिएको बताउनु भयो चुनावमा प्रमुख नाराको रुपमा १ घर१ धाराको नीति अबल्मन गरिएको र हाल यो नारा बिस्तारै पूरा गर्दै गएको बताउनु भयो।

कार्यक्रमको सभाअध्यक्ष गणेशलाल भण्डारीको रहेको कार्यक्रममा वडा अध्यक्षहरु लक्ष्मण खत्री ओम बहादुर खत्री नारायण सापकोटा र कर्णध्वज जिसि वडा सदस्यहरु शकर रायमाझी गणेश कुवर मुसिकोट नगरपालिका कानुनी सल्लाहकार अन्न्तलाल भण्डारी वडा सचीव दाम बहादुर समै प्राबिधिक पत्रकार प्रहरी समाजसेवी उपभोक्ता सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य गणेश कुवर र संचालन तोलादी प्रा बि का प्र अ मधु मल्लको रहेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय