नेपाल कम्युनिस्ट पार्टी (नेकपा) द्वारा मुसिकोटमा शो;क शभा सम्पन्न

विष्णु प्रसाद आचार्य(चकित) /नबखाबर  मुसिकोट गुल्मीनेपाल कम्युनिस्ट पार्टी नेकपा द्वारा मुसिकोटमा  शो,क सभा सम्पन्न भएको छ ।

नेकपाका नगर कमिटिका सदस्य हरिहर सापकोटा तथा समजसेवी व्याक्तित्व लेखनाथ सापकोटाका पुज्यनिय पिता मणिरत्न सापकोटाको नि;धनको आठौं दिनको पुण्य तिथि पारेर शोक सभा आयोजना गरिएको वडा सचिव राजन सापकोटाले बताउनुभयो ।

समाजसेवी सापकोटाको ९८ वर्षको उमेरमा भएको दु;खद नि;धनको आठौं दिनको पुण्य तिथि पारेर शोक सभा आयोजना गरिएको हो ।

कार्यक्रममा  नेपाल कम्युनिष्ट पार्टिका शुभेच्छुक सङ्गठिक सदस्य तथा विभिन्न तहका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा सभा सम्पन्न भएको हो।

कार्यक्रममा करङ्गखोला मौरिभिर खानेपानी तथा सरसफाइ आयोजना,महेन्द्र आदर्श नमुना मा बि; परोपकार बहुउद्देश्यीय सहकारी सस्था; रुद्रावती बहुमुखी क्याम्पस, नेकपा ७ नम्बर वडा कमिटि,नेकपा नगर कमिटी लगायत विभिन्न संघसस्थाको तर्फबाट परिवारजनमा समवेदना तथा स्वर्गीय मणिरत्न सापकोटा प्रती श्र,द्धाञ्जली व्यक्त गरिएको थियो ।

शोक सभाको प्रमुख आतिथ्यता समेत ग्रहण गर्नुभएका मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाले बोल्दै मृ;त्यु शाश्वत सत्य भएको र हामी सबै एकदिन म;र्नु नै पर्ने भएपनी जसको घरमा दु;खद आइलाग्छ उसलाइ पीडा नहोस भनेर आफन्त तथा इष्टमित्रहरूले भेटघाट गरि सम्झाइ बुझाइ गरिने बताउनुभयो ।

यसरि भेटघाट तथा माया बाड्नु हिन्दु धर्मकै सुन्दर पक्ष र बैज्ञानिक समेत बताउदै स्व;र्गीय बुवा मणिरत्न सापकोटाप्रति श्र;द्धाञ्जली व्यक्त गर्दै परिवारजनमा स;मवेदना व्यक्त गर्नुभएको थियो ।

फरक प्रसंगमा वर्तमान अवस्थामा नेकपाका केन्द्रिय नेताहरुले पदिय लोलुपताका कारण पार्टीको सङ्गठित संरचना भताभुङ्ग पारेको भएपनी सबैलाइ यस्तो सहन गाह्रो भएकोले पार्टी बिभाजनको अवस्थामा नपुगेको र बिभाजन नहुने कुरामा आफू विस्वस्त रहेको धारणा ब्यक्त गर्नुभयो ।

शो;क सभामा वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश काफ्ले बोल्दै स्व;र्गीय मणिरत्न सापकोटाको निधनले एउटा इतिहास गुमाउनुपरेको प्रती दु;ख व्यक्त गर्दै मुसिकोट नगरपालिका वडानम्बर ७ स्त;ब्ध भएको भन्दै परिवारजनमा सम;वेदना प्रकट गर्दै स्व;र्गीय सापकोटाप्रती श्र;द्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नेकपा नगर कमिटिका अध्यक्ष खुम बहादुर थापाले स्व,र्गीय मणिरत्न लगायत उहाको परिवारले कम्युनिस्ट आन्दोलनको लागि ठूलो योगदान दिएको स्म;रण गर्नुभयो ।

फरक प्रसङ्गमा वर्तमान नेकपाको अवस्था अलिकती तरलताको अवस्थामा देखिएको भएपनी समयले के मागेको छ भन्ने प्रमुख विषय भएकोले सत्य कुरा सहि कुरा समयको मागलाइ बुझेर निर्णय लिनुपर्ने उहाको भनाइ थियो ।

शो;क सभामा शो;क मन्तब्य प्रस्तुत गर्दै स्वर्गीय सापकोटा आफू पनि समाजसेवी भएकोले आफ्नो परिवारलाई पनि सामाजिक क्षेत्रमा आफ्नो जिवनको समय लगानी गर्नको लागि उदाहरणिय काम गरेको उद्घोष गर्दै वडा नम्बर ८ को तर्फबाट शोकपत्र वाचन गरेर परिवारलाइ हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता नेकपा मुसिकोट वडा नम्बर ७ का अध्यक्ष गोपिकृश्ण खरेलको थियो भने सन्चालन सचिव राजन सापकोटाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय