नगर उप प्रमुख दायित्व ग्रामीण महिला बिकास कार्यक्रम उदघाट्न तथा आबेदन आहवान कार्यक्रम सम्पन्न ।

महेन्द्र घिमिरे/ मुसिकोट गुल्मी

नगर उप प्रमुख दायित्व ग्रामीण महिला बिकास कार्यक्रम उदघाट्न तथा आबेदन आहवान कार्यक्रम सम्पन्न भएको छ ।

गल्कोट नगरपालिका र दायित्वको सहकार्यमा संचालित नगर उपप्रमुख दायित्व ग्रामीण महिला बिकास कार्यक्रमको औपचारिक उदधाट्न तथा आबेदन आबहन कार्यक्रम सम्पन्न भएको छ ।

गल्कोट नगरपालिका वडा न ३ को सभाहलमा शुक्रबार एक समारोह बिच कार्यक्रम सप्पन्न गरिएको छ।

उधम बिकासको राम्रो सम्भावना बोकेको यस नगरपालिकामा कृषि पशुपालन पर्यटन लगायत विभिन्न पेसामा उधम गरिएको महिला उधमीहरु दुर्तिकरणको लागि नगरपालिकाले प्रतियोगितामा आधारित कार्यक्रम गर्ने लागेको हो।

उधमीलाई सक्षम र सबलिकरण गर्दै व्यावसायिक बनाउन यस कार्यक्रमले सहयोगमा पुर्याउने छ।

दायित्व सस्थाका अध्यक्ष डा पुकार मल्लले उधम बिकासमा महिला उधमीहरुलाइ अगाडि बढाउदै सक्षम बनाउने गरि कार्यक्रमलाई अगाडि बढाइएको बताउदै हाल सम्म दायित्वले गरेका कार्यहरुको बारेमा प्रकाश पार्नुभएको थियो ।

दायित्व लुम्बिनी प्रदेस प्रमुख कमल थापले गल्कोट नगरपालिकामा संचालन हुन लगेको नगर उपप्रमुख दायित्व ग्रामीण महिला उधम बिकास कार्यक्रमको बारेमा बिस्तार एब आबेदन आहबान को बारेमा बताउनु भएको थियो।

कार्यक्रममा दायित्व बाट गुल्मी जिल्लामा उतकृस्ट १० मा प्रर्न सफल मुसिकोट नगरपालिकाका उधमी चुमा घर्ती मगरले आफुले सिकेका र अनुभवका कुरा उधमी सामु प्रस्तुत गर्नुभएको थियो। गल्कोट नगरपालिका अन्तरगत ११ वटै बाट उपस्थिति रह्नुभएका पुरुष तथा महिला उधमीहरुको व्यापक उपस्थिति रहेको थियो ।

गल्कोट नगरपालिका कार्यपालिका सद्स्य तथा उधमी राधिका पुन र शिव कुमारी खत्री, वडा न १० का वडा अध्यक्ष तिलक घर्ती मगर , गल्कोट नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद शर्माले सुभकामना मन्तब्य राख्नु भएको थियो।

प्रमुख अतिथिको रुपमा बोल्दै नगर उप प्रमुख समेत रह्नु भएको रेणुका काउछा मगरले आफू सधै नगरपालिका भित्र महिला उधमीको बिकासको निम्ति यश सस्था सङ्ग सहकार्य गरि कार्यक्रम गर्न पाउँदा खुसी ब्यक्त गर्दै कार्यक्रमको सफलताको कामना गर्दै आगामी दिनमा उधमीको बिकासको लागि नगरपालिका बाट हुने सहयोगमा प्रतिबद्ध रहेको बताउनु भएको छ।

कार्यक्रमको स्वागत मन्तब्य गलकोट नगरपालिका प्रसासकिय अधिकृत तुल बहादुर बि कको रहेको कार्यक्रममा वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु नेपाल बैक गल्कोट शाखा प्रमुख देबि बोहोरा उधोग बाणिज्य संघ पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

सामाजिक ब्यक्तित्व उधमी लगायतको उपस्थिति रहेको कार्यक्रम दायित्वका अध्यक्ष डा पुकार मल्लको सभाअध्यक्षाता र संचालन महेन्द्र घिमिरेको रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय