छबिलाल पाण्डे बागलुङ
नेपाली काँग्रेसले गरेको संसद विघटनको विरुद्धमा बिहिबार पनि देशभरका सबै वडा तहमा विरोध कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली काँग्रेस केन्द्रिय समितिको निर्णय अनुसार सवै वडा तहमा कार्यक्रम आयोजना गरीएका अनुसार बागलुङ जिल्लाका ८५ वटै वडातहमा कार्यक्रम सम्पन्न गरीएको हो ।
जसअन्र्तगत पश्चिम क्षेत्रका स्थानीय पालिकाहरुमा समेत कार्यक्रम सफल भएको हो ।
ढोरपाटन नगरपालिका वडा नम्बमर ५ मा नेपाली काँग्रेस क्षेत्रीय सभापती
दोर्णकुमार कुवँरले सम्वोधन गरेका छन् । उनले विरोध सभालाई सम्बोधन गर्दै वर्तमान ओली सरकारले सविधानलाई कुल्चँदै गैर कानुनी रुपमा संसद विघटन गरेर देशलाई थप दुर्घटनामा पार्न खोजेको बताए ।
उनले ओलीको एकलौटी पन र अहंकारले गर्दा देशमा संकट पर्न थालेको भन्दै अब नेपाली जनता चुप लागेर बस्ने अवस्था नभएको बताए ।
ढोरपाटन नगरपालिका वडा नम्बर १ मा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी सागर छन्त्यालले सम्वोधन गरेका छन् ।
बुर्तिबाङमा ¥याली सहित बजार परिक्रमा गरेर परिवर्तन चोकमा कार्यक्रम सम्पन्न गरीएको थियो । वडा नम्बर २ मा नेपाली काँग्रेस ढोरपाटन नगर सभापती सालिकराम शर्माले संबोधन गरेका छन् ।
वडा नम्बर ३ मा पुर्व जिल्ला सदस्य मेषलाल शर्मा, वडा नम्बर ४ मा जिल्ला सदस्य शैलेश घर्ती, वडा नम्बर ६ मा पूर्व महासमिती सदस्य अर्जुन शेरचनले सम्वोधन गर्नुभएको गरेका छन् ।
उनीहरुले वोल्दै स्थानीय तहदेखि केन्द्र सरकारसम्म भ्रष्टाचार, वेतिथी र विसंगती मौलाएको आरोप लगाउँदै अब त्यसका विरुद्ध नेपाली काँग्रेसले कडाइका साथ अगाडी बताए ।
वडा नम्बर ७ मा महादिवेशन प्रतिनिधी जीत शेरचनले सम्वोधन गरेका छन् । उनले बोल्दै कम्युनिष्ट सरकार जनताको सरकार नभई कमाई खाने भ्रष्चारी र दलाल नेताको पार्टी भएको बताए ।
वडा नम्बर ८ मा महिला संघ केन्द्रीय सदस्य दिलमाया पौवी, वडा नम्बर ९ मा महादिवेशन प्रतिनिधी शोम पौवीले कार्यक्रमको सम्वोधन गरेको कांग्रेसले जनाएको छ ।
तमानखोला
तमानखोला गाउँपालिकाको ६ वटै वडामा विरोध सभा सम्पन्न भएको हो । जसमा वडा नम्बर १ मा गाउँपालिका अध्यक्ष जोकलाल बुढाले सम्वोधन गरेका छन् ।
वडा नम्बर २ मा जाल प्रसाद छन्त्याल वडा नम्बर ३ मा गिरबहादुर घर्ति, वडा नम्बर ४ मा खिमबहादुर छन्त्याल,
वडा नम्बर
५ मा तेजेन्द्र रामजाली र वडा नम्बर ६ मा गाउँपालिका पार्टी सभापती खगेन्द्रमा पुनले सम्वोधन गरेका छन् ।
निसीखोला
त्यसैगरी निसीखोला गाउँपालिका वडा नम्बर ७ मा नेपाली काँग्रेस जिल्ला सदस्य एवम निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले कार्यक्रमको सम्वोधन गरेका छन् ।
उनले बोल्दै दुई तिहाईको कम्युनिष्ट सरकार भ्रष्टाचार, अराजकता र आफनो स्वार्थमा लागेका जनताले दुख खेप्नु परेको बताए ।
उनले आन्तरीक विवादले भागवन्डा नमिल्दा संसद विघटन गरेर जनताले पाँच वर्षलाई चुनेर पठाएको मतलाई कुल्चिएको आरोप लगाए ।
वडा नम्बर १ मा भविन्द्र बहादुर कुवँर, वडा नम्बर २ मा दिलेन्द्र बहादुर रामजाली, वडा नम्बर ३ मा इन्द्रबहादुर मल्ल,
वडा नम्बर ४ मा प्रकाश कुवँर, वडा नम्बर ५ मा सोभा कुमारी कार्की, वडा नम्बर ६ मा चन्द्रमाला बुढाले कार्यक्रमको सम्वोधन गरेको कांग्रेस निसीखोलाले जनाएको छ ।
बडिगाड गाउँपालिका
बडिगाड गाउँपालिकामा समेत प्रत्येक वडामा कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ६ र ७ को कार्यक्रम सयुक्त गरिएको हो ।
उक्त सभालाई नेपाली काँग्रेसका नेता एवम राष्ट्रिय दलित आयोगका पूर्व कार्यवाहक अध्यक्ष रन्जित ताम्राकारले संवोधन गरेका हुन् ।
उक्त कार्यक्रममा नेकपा र राजमो परित्याग गरी दर्जन वढि कार्यक्रता नेपाली काँग्रेसमा प्रवेश गरेका छन । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सदस्य गण्डकी थापा लगाएत नेताद्धारा सम्वोधन गर्नुभएको छ ।
बडिगाड गाउँपालिका वडा नम्बर १ मा नरबहादुर पटेल, वडा नम्बर २ मा अर्जुन खरेल, वडा नम्बर ३ मा लाल प्रसाद घर्ति, वडा नम्बर ४ मा अमर बहादुर श्रीस, वडा नम्बर ५ मा सरस्वती शर्मा , वडा नम्बर ८ मा रामप्रसाद वि.क, वडा नम्बर ९ मा पदमबहादुर विकद्धारा सम्वोधन भएको जनाइएको छ ।
श्रोत बागलुङ पोष्ट