विष्णु प्रसाद आचार्य (चकित ) मुसिकोट गुल्मी/ नबखबर
सरकारको कदमको बिरोधमा देशभर एकसाथ हुन गैरहेको कांग्रेसको बिरोध सभालाई गुल्मीक मुसिकोटमा पनि नेपाली कांग्रेसका विभिन्न नेताले विभिन्न वडामा सम्बोधन गर्ने भएका छन् ।
कांग्रेसको केन्द्रीय परिपत्र अनुसार नेपाली काङ्ग्रेसले गुल्मीको मुसिकोटमा पनि ९ वटै वडामा सम्बोधन गर्ने नेताहरुको जिम्मेवारी छुट्टाएको नेपाली कांग्रेस मुसिकोटका नगर सचिव मोहन घिमिरेले नबखबरलाइ जानकारी दिनुभएको छ ।
जनताले ५ वर्षको लागि स्थिर सरकारको रुपमा नेकपालाई बहुमत दिएर जिताएपनी आफ्नो पदीय लोलुपताका कारण देश र संविधानलाई नै धरापमा पार्ने गरि गरेको संसद विघटनले नेपालि नागरिकलाई दुखि बनाएकोले कांग्रेसले सडक आन्दोलन गर्नुपरेको कांग्रेसका नेताहरुले नबखबरलाई जानकारी दिएका छन्।
केपी ओली मात्र दोषी नभएर समग्र नेकपाको यसमा दोष रहेको नेताहरुको भनाइ छ, माधव नेपाल, झलनाथ खनाल र प्रचण्डले आफ्नै पार्टीभित्र किचलो झिकेर आफ्नो स्वार्थ सिद्दिको लागि देश र जनतालाई नै धोका दिएकोले यसका विरुद्द कांग्रेसले आन्दोलन गर्नुपरेको नेताहरुको दाबि छ ।
साथै बर्तमान सरकार अ,धिनाय,कवादको पर्याय भएको र संसद बिघटन जस्तो अ,सम्बैधानिक काम गरेको साथै बर्तमानको नेकपा पथभ्र,सष्ट भएकोले नगरिकलाइ सास्ती बेहोर्नु परेकोले बिरोधका कार्यक्रम गर्नुपरेको नेपाली काङ्ग्रेस मुसिकोटका नगर सभापति सुदर्शन शाक्यले बताउनुभयो ।
देशभर एकसाथ माघ ८ गते बिहिबारका दिन हुने बिरोध सभालाइ सफल पार्न भन्दै मुसिकोटका ९ वटै वडामा वडा सभापतिहरुसंग समन्वय गरि बढी भन्दा बढी संख्यामा उपस्थित भै बिरोध कार्यक्रमलाई सफल बनाउनको लागि सक्रिय भएर लाग्न समेत सभापति शाक्यले कार्यकर्तालाई अनुरोध गर्नुभएको छ ।
असंवैधानिक प्रतिनिधि सभा विघट्न विरूद्ध माघ ८ गते सम्पन्न हुन गई रहेका वडास्तरीय विरोध सभामा नगर कार्य समिति मुसिकोट गुल्मीको तर्फबाट वडामा सम्बोंधन गर्ने जिम्मेवारी निम्न बमोजिमका नेताहरुको रहेको छ।
वडा न१- हरि नारायण सापकोटा पुर्व जिल्ला सचिव
वडा न-२ फन बहादुर रायमाझी पुर्व जिल्ला सदस्य
वडा न-३ कल्पना घिमिरे जिल्ला सदस्य
वडा न-४ मोहन घिमिरे नगर सचिव
वडा न-५ झबिलाल भन्डारी प्रमुख छांया सरकार
वडा न-६ भिमलाल सापकोटा पुर्व प्रमुख शिक्षक युनियन
वडा न-७ डा दामोदर भुषाल महाधिबेसन प्रतिनिधि
वडा न-८ दिनेश खाती सभापती नेपाल दलित संघ
वडा न-९ बिष्णु सापकोटा जिल्ला सचिव
देशभरिका प्रत्येक वडामा एकैसाथ हुन लागिरहेको कार्यक्रमामा वडाको केन्द्र रहेको ठाउमा कार्यक्रम गर्न लागिएको र यो बृहत् भेला भएकोले आम लो,कतन्त्रप्रेमी जनसमुदायलाई दिनको साढे ११ बजेको समयमा सहभागी हुनको लागि अनुरोध गरिएको काङ्ग्रेसले जनाएको छ ।