महेन्द्र आदर्श नमुना मा बिका सहायक प्रधानाध्यापक रिजालको एक कार्यक्रमका बिच बिदाइ

विष्णुप्रसाद आचार्य /सुरज कार्की /मुसिकोट गुल्मी

गुल्मिको मुसिकोट नगरपालिका वडा नम्बर ७ वामिटक्सार स्थित महेन्द्र आदर्श नमुना मा बिमा कार्यरत सहायक प्रधानाध्यापक मृगेन्द्र प्रसाद रिजालको सोमबार एक कार्यक्रमका बिच बिदाइ गरिएको छ ।

सोमबार विद्यालयले एक औपचारिक कार्यक्रम राखी पूर्व शिक्षक रिजाललाई बिदाइ गरेको हो ।

बि स २०६३ साल पौष ९ गतेदेखि २०७७ साल श्रावण ३२ गतेसम्म १४ वर्षसम्म अनवरत रुपमा शिक्षण गरेका रिजाललाइ सोमबार बिदाइ गरिएको विद्यालयका प्रधानाध्यापक देविराम शर्माले नबखबरलाइ जानकारी दिनुभयो ।

रिजाल गत २ वर्ष अगाडिदेखी सहायक प्रधानाध्यापक पदमा रहेर समेत सेवा गर्नुभएको विद्यालयले जनाएको छ ।

बिदाइ समारोहमा बोल्दै विशेष अतिथी समेत रहनुभएका विद्यालयका पुर्व प्रधानाध्यापक भिमलाल सापकोटाले बोल्दै रिजाल यस क्षेत्रकै अनुकरणीय व्याक्तित्व भएको र उहाको बिदाइ गर्नुपर्दा अप्ठेरो महसुस भएको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्ने क्रममा विशेष अतिथी समेत रहनुभएका रुद्रावती बहुमुखी क्याम्पसका  सन्चालक समितिका अध्यक्ष अग्निधर लोहनिले मृगेन्द्र प्रसाद रिजाल सर एक कर्तव्यनिष्ठ र पेशाप्रती बफादार भएकोले यस्ता गुण भएका शिक्षकसङ्ग अझै धेरै वर्ष सहकार्य गर्न चाहेको बताउनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व सदस्य कृष्ण प्रसाद सापकोटाले बोल्दै मृगेन्द्र सर यस क्षेत्रकै उदाहरणिय ब्याक्तित्व भएको र उहाबाट धेरै कुरा सिक्न जरुरी रहेको उहाको भनाइ थियो ।

विद्यालयका पुर्व प्रधानाध्यापक तथा वरिष्ठ शिक्षक बुद्दिप्रसाद शर्माले प्राविधिक धार तर्फको पठनपाठनमा रिजालको ठूलो देन रहेको भन्दै यस विद्यालयमा गरेका हरेक शाहशिक कामको स्मरण गर्दै उहाप्रती सम्मान व्यक्त गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्ने क्रममा विद्यालयका प्रधानाध्यापक देविराम शर्माले शिक्षक मृगेन्द्र सर र आफू पारिवारिक रुपमा पनि निकट सम्बन्ध रहेको र आफू प्रधानाध्यापक नियुक्त भएर विद्यालय प्रवेश गर्ने समय र उहा विद्यालयबाट सरुवा हुने समय एउटै जस्तै हुनु र सङ्गै सहकार्य गर्न नपाउनुमा निकै दुखी भएको बताउनुभयो रिजालको शिक्षण मोडेल विद्यालयलाइ अति आवश्यक भएकोले उहाँ जहाँ रहेपनी यस विद्यालयलाई प्राप्त हुने सहयोगमा सधै आसावादी रहेको बताउनुभयो साथै विद्यालयले उहाप्रती सच्चा सम्मान गरेको उद्घोष गर्नुभयो ।

बिदाइ समारोहका बिच बिदाइ हुँदै शिक्षक रिजालले आफुलाइ विद्यालय , शिक्षक , विद्यार्थी र समग्र समुदायको न्यानो माया र साथ हुदाहुदै पनि विविध कारण सरुवा भएर अन्यत्र जानुपर्ने बाध्यता आइपरे पनि आफ्नो मनमा यस सस्था र सम्बन्धित सबैको माया मनमा कैद गरेकोले सम्बन्ध सधैभरी अब्बल रहने कुरामा आफू विश्वस्त रहेको धारणा ब्यक्र गर्नुभएको थियो ।

समारोहमा शिक्षक तथा विद्यालयको तर्फबाट शिक्षक शिला खरालले बिदाइ गित प्रस्तुत गर्नुभएको थियो भने विद्यार्थीहरुद्वारा समेत बिदाइ गित प्रस्तुत गरिएको थियो ।

रिजाललाइ विद्यालय, विद्यार्थी तथा शिक्षकहरुको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन शाक्यको रहेको थियो भने सन्चालन सहायक प्रधानाध्यापक धनपति खारालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय