ओलीको स्पष्टीकरण लिन बालुवाटार पुगे प्रचण्ड–माधव समूहका नेताहरु

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेताहरुले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने पार्टीको निर्णय प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुझाएका छन् ।

संसद विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले ओलीलाई अध्यक्ष पदबाट हटाएको थियो । त्यसपछि पनि अनुशासन उल्लंघन गरेको भन्दै स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

त्यही निर्णयको पत्र लिएर नेता सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव बालुवाटार पुगेका हुन् । पत्र बालुवाटारमा बुझाएर फर्किएको एक नेताले जानकारी दिए ।

यो पनि पढ्नुहोस् गुल्मिको मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाले मुसिकोट नगरपालिका भित्र कृयाशिल पत्रकार तथा सन्चारकर्मिहरुलाइ सङ्गठित हुन आग्रह गर्नुभएको छ ।

सामुदायिक रेडियो पुष्पान्जली एफ एम ९७.४ मेगाहर्जको चौथो साधारण सभा तथा आठौ वार्षक भेलाको अवसरमा आइतबार बोल्ने क्रममा उहाले यस्तो आग्रह गर्नुभएको हो ।

स्थानिय सरकारको रुपमा रहेको मुसिकोट नगरपालिकाले कुनै सुचना सम्प्रेषण वा अन्य कुनै प्रयोजनको लागि पत्रकार  सम्मेलन गर्नुपरेमा सहज हुने र पत्रकारहरुलाइ पनि समाचार सम्प्रेषण गर्न सहज हुने उहाको भनाइ थियो ।

सन्चारकर्मिहरु सङ्गठित भएमा नगरपालिका भित्रका कृयाशिल पत्रकार तथा मिडियाले नगरपालिका बाट पाउने विभिन्न सुचना बिज्ञापन तथा सोही अनुसारको सुविधाको लागि पनि सहज हुने उहाको धारणा थियो ।

स्थानिय स्तरमा सन्चालित सन्चार क्षेत्रको संरक्षण गर्नु नगरपालिकाको दायित्व समेत भएकोले खटेर काम गर्ने मिडिया तथा मिडियाकर्मिहरुको क्षमता अभिवृद्धि गर्न समेत सघाउ पुराउनेमा उहाको जोड रहेको थियो ।

पछिल्लो समयमा रेडियो सङ्गसङ्गै अनलाइन मिडियाहरुको प्रभाव बढेकोले रेडियोलाइ स्तरोन्नति गरि प्रविधिमैत्रि बनाउनुपर्नेमा उहाको जोड रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय