विष्णु प्रसाद आचार्य(चकित) मुसिकोट गुल्मी /नबखबर
नेपाली काङ्ग्रेस मुनपाको आयोजनामा मुसिकोटमा विरोध सभा सम्पन्न भएको छ ।
कांग्रेसको केन्द्रीय परिपत्र अनुसार नेपाली काङ्ग्रेसले गुल्मीमा पनि १२ वटै स्थानीय तहमा सम्बोधन गर्ने नेताहरुको जिम्मेवारी छुट्टाइए अनुसार मुसिकोटमा नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य छन्द बहादुर पहराइले विरोध सभालाई सम्बोधन
गर्नुभएको थियो ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा विरोध सभालाई सम्वोधन गर्दै नेता पहराइले ५ वर्षको लागि स्थिर सरकारको रुपमा नेकपालाई बहुमत दिएर जिताएपनी आफ्नो पदीय लोलुपताका कारण देश र संविधानलाई नै धरापमा पार्ने गरि गरेको संसद विघटनले नेपालि नागरिकलाई दुखि बनाएकोले कांग्रेसले सडक आन्दोलन गर्नुपरेको उद्घोष गर्नुभयो ।
केपी ओली मात्र दोषी नभएर समग्र नेकपाको यसमा दोष रहेको उहाको भनाइ छ, माधव नेपाल, झलनाथ खनाल र प्रचण्डले आफ्नै पार्टीभित्र किचलो झिकेर आफ्नो स्वार्थ सिद्दिको लागि देश र जनतालाई नै धोका दिएकोले यसका विरुद्द कांग्रेसले आन्दोलन गर्नुपरेको उहाको तर्क थियो ।
साथै बर्तमान सरकार अ,धिनाय,कवादको पर्याय भएको र संसद बिघटन जस्तो अ,सम्बैधानिक काम गरेको साथै बर्तमानको नेकपा पथभ्र,सष्ट भएकोले नगरिकलाइ सास्ती बेहोर्नु परेकोले बिरोधका कार्यक्रम गर्नुपरेको पहराईले बताउनुभयो ।
पहराइले पवित्र ईतिहास भएको नेपाललाइ विभिन्न समयमा तानाशाही शाशकले भुमरिमा धकेलेको र वर्तमान समयमा पनि बिगतका खतरा भन्दा अझ झन समस्या थपेको बताउनुभयो , ओलिले मात्र नभएर माधव , प्रचण्ड झलनाथ खनालले सत्तामुखी तपस्या गरेकोले नागरिकका कुनैपनी समस्या नसुनेको भनाइ उहाको रहेको छ , नागरिकको मतको सम्मान गर्न नसकेको दाबी गर्दै स्वविवेकले पार्टी एकता नगरेको अरु कसैको आशीर्वाद भएकोले नेकपा टिक्न नसकेको पनि उहाले टिप्पणी गर्नुभयो ।
काङ्ग्रेसले धेरै किसिमका आन्दोलन गरेपनी वास्तविक आन्दोलन गर्न नसकेकोले नक्कली कम्युनिस्टको उदय भएको र यसले देश र जनतालाइ ठूलो अभिसाप भएको भनाइ उहाको रहेको छ , अबका आन्दोलन सामाजिक र मानसिक विकासका लागी गर्नुपर्ने, अदालतमा भएको विचाराधीन रहेको मुद्दामा काङ्ग्रेसको वर्तमान सरकारको कदम गलत छ है भन्नका लागि आन्दोलन भएको उहाको तर्क थियो ।
नेपाली काङ्ग्रेसका पनि विविध गल्तिहरु भएपनी देश दुर्घटनामा पर्न लाग्दा सधै नेतृत्व लिएर सहजीकरण गर्ने गरेको र लोकतान्त्रिक पद्धतिको लागि सधै अग्र मोर्चामा रहेर समस्या समाधान गरेको र जनताको मनमा बस्न सफल भएको पार्टी भएको उहाको धारणा रहेको छ ।
नेकपाको बिभाजन र एकता दुबै देश र जनतालाइ घातक भएकोले अबको एकमात्र शक्ति लोकतान्त्रिक शक्तिले देशलाइ सहि दिशामा डोहोर्याउने दाबि उहाले गर्नुभयो ।
त्यस्तै नेका पुर्व जिल्ला सचिव हरिनारायण सापकोटाले बोल्दै नेकपाको बहुमत सहितको सरकारले हत्या, हिम्शा,बलात्कार भ्रष्टाचार ,अनियमितता भन्दा अरु केही हुन नसकेको उहाको भनाइ थियो । नेपाल शिक्षक संघ जिल्ला उपाध्यक्ष मृगेन्द्र प्रसाद रिजालले बोल्दै म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने प्रधानमन्त्रीको भनाइ ठ्याक्कै उल्टो भएको साथै आफैले बनाएको सम्बिधानको राम्रोसँग अध्ययन गर्न उहाले प्रधानमन्त्रीलाइ अनुरोध गर्नुभयो,
त्यस्तै महाधिवेशन प्रतिनिधि झबिन्द्र बिकले बोल्दै नेकपा र वर्तमान सरकार आफू भित्रको पदिय लाभको लागि सन्कट निम्त्याएकोले नागरिकप्रती अनुत्तरदायी बन्न खोजेको आरोप लगाउनुभयो ।
कार्यक्रममा नेपाल विद्यार्थी संघ नगर का वा सभापति गम्भीर खत्री, प्राध्यापक डाक्टर बुद्द थापा,महिला संघ नगर सम्योजक सुमित्रा भण्डारी , दलित संघ नगर सभापति दिनेश खाती, मुनपा १ तरुण दल अध्यक्ष भिम बहादुर पान्डेय,
त्यस्तै नेपाल शिक्षक संघ नगर सभापति डिल्लिराज खरेल,वडा नम्बर १ पार्टी सभापति दान बहादुर केसि,नेका पुर्व जिल्ला सदस्य फन बहादुर रायमाझी,शिक्षक युनियनका पुर्व जिल्ला सम्योजक भिमलाल सापकोटा,मुनपा छाया सरकार प्रमुख झविलाल भण्डारी लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
महाधिवेशन प्रतिनिधि ज्ञानहरी सापकोटा, पार्टीका वडा सभापतिहरु , शुभेच्छुक संगठनका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उपस्थीति रहेको थियो ।
नेका वडा न ७ का वडा सचिव तेजिन्द्र बहादुर जि सिको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रमको सभाततित्व नगर सभापति सुदर्शन शाक्यको रहेको कार्यक्रमको सन्चालन नगर सचिव मोहन घिमिरेले गर्नुभएको थियो ।