विष्णु प्रसाद आचार्य(चकित) /मुसिकोट गुल्मी/नबखबर
सरकारको कदमको बिरोधमा देशभर एकसाथ हुन गैरहेको कांग्रेसको बिरोध सभाको मुसिकोटमा नेपाली कांग्रेसका केन्द्रीय नीति,अनुसन्धान,तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य छन्द बहादुर पहराइले सम्बोधन गर्नुहुने भएको छ ।
कांग्रेसको केन्द्रीय परिपत्र अनुसार नेपाली काङ्ग्रेस गुल्मी क्षेत्र नम्बर २ मुसिकोट नगरपालिकाको आयोजनामा मुसिकोटको केन्द्र वामीटक्सारमा माघ ३ गते शनिबार हुने विरोध सभालाई नेता पहराइले सम्बोधन गर्नुहुने कांग्रेसले जनाएको छ ।
जनताले ५ वर्षको लागि स्थिर सरकारको रुपमा नेकपालाई बहुमत दिएर जिताएपनी आफ्नो पदीय लोलुपताका कारण देश र संविधानलाई नै धरापमा पार्ने गरि गरेको संसद विघटनले नेपालि नागरिकलाई दुखि बनाएकोले कांग्रेसले सडक आन्दोलन गर्नुपरेको नेता पहराइले नबखबरलाई जानकारी दिनुभयो।
केपी ओली मात्र दोषी नभएर समग्र नेकपाको यसमा दोष रहेको उहाको भनाइ छ, माधव नेपाल, झलनाथ खनाल र प्रचण्डले आफ्नै पार्टीभित्र किचलो झिकेर आफ्नो स्वार्थ सिद्दिको लागि देश र जनतालाई नै धोका दिएकोले यसका विरुद्द कांग्रेसले आन्दोलन गर्नुपरेको उहाले दाबि गर्नुभयो ।
साथै बर्तमान सरकार अ,धिनाय,कवादको पर्याय भएको र संसद बिघटन जस्तो अ,सम्बैधानिक काम गरेको साथै बर्तमानको नेकपा पथभ्र,सष्ट भएकोले नगरिकलाइ सास्ती बेहोर्नु परेकोले बिरोधका कार्यक्रम गर्नुपरेको नेपाली काङ्ग्रेस मुसिकोटका नगर सभापति सुदर्सन शाक्यले जानकारी दिनुभयो ।
देशभर एकसाथ माघ ३ गते शनिबारका दिन हुने बिरोध सभालाइ सफल पार्न भन्दै नगरपालिका भित्रका नौ वटै वडाका वडा सभापतिहरुसंग समन्वय गरि बढी भन्दा बढी संख्यामा उपस्थित भै बिसरोध कार्यक्रमलाई सफल बनाउनको लागि सक्रिय भएर लाग्न समेत नगर सभापति सुदर्शन शाक्यले कार्यकर्तालाई अनुरोध गर्नुभएको छ ।
देशभरिका प्रत्येक स्थानीय तहमा एकैसाथ हुन लागिरहेको कार्यक्रमा मुसिकोटको हकमा नगरको केन्द्र रहेको ठाउ वामिमा गर्न लागिएको र यो बृहत् भेला भएकोले आम लो,कतन्त्रप्रेमी जनसमुदायलाई दिनको साढे ११ बजेको समयमा सहभागी हुनको लागि अनुरोध गरिएको काङ्ग्रेसले जनाएको छ ।