लुम्बिनी प्रदेश सांसद खड्ग केसी द्वारा माघी पर्वको अवसरमा प्रदेशवासिलाई शुभकामना

विष्णु प्रसाद आचार्य; चकित /मुसिकोट गुल्मी /नबखबर

गुल्मीको  क्षेत्र नम्बर २ (क) बाट लुम्बिनी प्रदेश सांसद बन्नुभएका माननीय खड्ग के सी ले लुम्बिनी प्रदेशवासिलाई माघेसंक्रान्तिको अवसरमा शुभकामना दिनुभएको छ

अन्य जातजातिसंगै विशेष गरि लुम्बिनी प्रदेशमा थारु जाति र मगर जातिको बसोबास रहेको छन्

यी जातिहरुको माघी पर्व विशेष हुने भएकोले लुम्बिनी प्रदेश सरकारले बिगतका वर्षहरुमा पनि माघ १ र २ गते सार्वजनिक बिदा दिएको र यस वर्ष पनि यसलाई निरन्तरता दिएको उहाको भनाइ छ; र यस पर्वको बिदाको विषयमा प्रदेश सरकारले निर्णय समेत गरेको उहाको भनाइ छ

नेपाल बहुजाति; बहुभाषी;र बहुधार्मिक मुलुक भएको र एकले अर्को सस्कृतिलाई सधै सम्मान गर्दै आएको साथै आगामी दिनमा यसले अझ बढावा पाउने कुरामा आफु विश्वस्त रहेको नबखबरलाई बताउनुभयो माघेसक्रान्ति पर्वले प्रदेशबासिमा सुख; शान्ति अमनचयन ल्याओस भन्ने कामना गर्दै सधै एकताको सुत्रमा गोलाबद्द हुन समेत आग्रह गर्नुभएको छ

लुम्बिनी प्रदेश गौतम बुद्दको जन्मस्थल समेत भएकोले शान्ति र एकताका लागि यसले अझ ठोस रुपमा हामीलाई प्रेरित गरेको केसीले उल्लेख गर्नुभयो; देशमा पछिल्लो समयमा फरक परिस्थिति सिर्जना भएको भए पनि यो छिट्टै सतहमा आउने कुरामा आफु विस्वस्त रहेको उहाले दाबि गर्नुभयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय