कक्षा १२ को नतिजा माघ १० गते भित्र प्रकासन हुने भएको छ।
राष्ट्रिय परिक्षा बोर्डका अनुसार डाटाइन्ट्री को काम सक्की सकेको र अब रुजु गर्ने काम भइ रहेको जनाएको छ ।
जेठ महिनामा संचालन गर्ने भनीएको परिक्ष कोरोना माहामारिका कारणले गत मङ्सिर महिनामा संचालन भएको थियोv
केहि समय अगाडीनै प्रकासन हुने भनिएता पनि बिद्यालयहरुको चरम लाहाप्रबाहिका कारण नतिजा प्रकासन ढिला भएको बोर्डले जान्नेको छ।
यस वर्षा कोरोना महामारीका कारण प्रत्यक विद्यालयलाई परिक्षा केन्द्र बनाएर परिक्षा संचालन गरिएको थियो।
कोरोनाका माहामरिका कारण धेरै ठाउका बिद्यालयमा धेरै पछी मात्र पढाइ संचालन भएकाले यस बर्षको सैक्षिक ।बर्ष जेठ महिनामा अन्त्य गर्ने तयारी रहेको जानकारी प्राप्त भएको छ।
यो पनि पढ्नुहोस्
दाङ । माघेसंक्रान्तिमा मेला तथा महोत्सव लगाउन प्रशासनले रोक लगाएपनि मन्दिर तथा कुण्डहरुमा भिड लागेको छ ।
आज माघेसंक्रान्तीमा लमही नगरपालिका–९ रिहार स्थित तप्तकुण्डमा स्नान र मन्दिरमा पुजाआजा गर्न भक्तजनहरु विहानैदेखि बाक्लो संख्यामा आइपुगेका छन् ।यसअघि रिहारमा औपचारीक रुपमा मेला–महोत्सव आयोजना गरिन्थ्यो ।
तर, यस पटक कोभिड–१९ ले गर्दा औपचारीक रुपमा मेला महोत्सव आयोजना गर्न प्रशासनले रोक लगाएको छ । यद्यपी, दर्शनार्थीहरु भने रोकिएका छैनन् ।
दर्शनका लागी छिमेकी देश भारतको उत्तरप्रदेशका विभिन्न जिल्लाबाट हिजो राती देखिनै आउने क्रम सुरु भएको थियो ।
‘राती ९ बजे आईपुगेका हौं । योसँंगै तीन पटक भयो रिहार आउन थालेको,’ भारत बहराईच घर भएका राज सेवनले भने,‘यस पटक त मेला लागेको रहेनछ । पुजा सकियो अव घर फर्किन्छौं ।’
पारिवारिक सुःख र पशु चौपायालाई रोगव्याधीले नसताउने धार्मिक विश्वासका साथ यहाँ पूजा आरधनाको साथै स्नान गर्न आउने गर्छन् ।
रिहारमा आउने भक्तजनको विशेष आकर्षण भौरी (ढुंगा) बोकेर मन्दिर परिक्रमा गर्नुमा रहेको छ । को बलियो भन्ने मान्यताका साथ ढुंगा बोकेर मन्दिर परिक्रमा गर्ने कार्य पहिलेदेखि नै चलिआएको छ ।
द्वापर युुगमा ऋषिमुनिहरुले बिहार गरेको स्थलको रुपमा रिहार परिचित छ । बगारबाबासहित भैने पर्शुु, मामीसौरी, बराह झाँक्री मन्दिर, गणेश मन्दिर, शिव मन्दिर जस्ता तीर्थाटन पर्यटकहरुको लागि धार्मिक संरचना रहेका छन् ।
यो धामको इतिहास पाँच हजार वर्ष पुरानो मानिन्छ । द्वापर युुगमा ग्वालाहरुले गाई चराउने र गाईले बगारबाबालाई दूध चढाउने गरेको धार्मिक विश्वास छ ।
राजमार्गको दायाँ बाँयामा फैलिएको रिहार धाम एकसय हेक्टर क्षेत्रफलमा रहेको छ । रिहारमा तीर्थाटनका पर्यटकहरुले बगारबाबाको पूजा गर्दछन् । बगारबाबा खुशी भएमा सन्तान र धन सम्पत्ति लाभ हुुन विश्वास छ ।
रिहारलाई यदुवंशी अर्थात यादवहरुले आफ्नो पुर्खाको उदगमस्थल मान्दै आएका छन् । जुन कारणले बगारबाबा क्षे त्र यदुवंशीहरुको सांस्कृतिक धरोहरका रुपमा लिने गरेका छन् । अर्काे तर्फ रिहारमा थारु जातीहरुको पनि सस्कृति जोडिएको छ ।
थारु जातीहरुले रिहार क्षेत्रमा परापुर्वकालदेखि नै गाई चराउने, गोठ राख्ने र बगारबावालाई पूजाआजा गर्दै आएका छन् ।
रिहार धाम यादव र थारु जाती दुवैको धरोहर हो । रिहारमा द्वापर युगमा दंगीशरण राजा र यदुवंशीको बीचमा घोडीको विषयमा विवाद भएको र विवाद मिलाउनलाई कृष्ण भगवान रिहार आएको किम्बदन्ती पनि छ ।
विगतका वर्षमा लाग्ने मेला भन्दा यसपटक व्यवस्थापन पक्ष बलियो देखिएको मेला अवलोकन गर्न आएकाहरुले प्रतिकृया दिएका छन् ।