आज देशभरको मौसममा बद्ली आएको छ।
अहिले विहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराई भू–भागमा हल्का हुस्सु र कुहिरो लागेको छ ।देशको विभिन्न भू–भागमा तापक्रममा गिरावट आउनुको साथै तराईका धेरै भू–भागमा बाक्लो हुस्सु र र कुहिरो लागेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
विभागका अनुसार आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २ र वागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदुरपश्चिम प्रदेश र लुम्बिनि प्रदेशका तराईका भू–भागमा आंशिक बदली रहने र देशका अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।
तेस्तै काठमाडौं उपत्यकाको आजको न्यूनतम तापक्रम ६ ।८ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको तापक्रम ६ ।८ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।