रेडियो सारथी ११ औं वर्षमा प्रवेश

बागलुङ जिल्लाको सदरमुकाम बाहिरको पहिलो रेडियो, रेडियो सारथी १०७।४ मेघाहर्ज आज माघ १ गते देखि ११ औं वर्षमा प्रवेश गरेको छ।

शान्ति समृद्धि र समुन्नत समाजको लागी रेडियो सारथी भन्ने नारा सहित सुरु भएको रेडियोले २०६७ साल माघ १ गते देखि नियमित प्रशारण सुरु गरेको थियो।

यसै विच रेडियोको १० वर्ष प्रवेशको अवसरमा संचालक समितिका अध्यक्ष विष्णु भुसाल तथा स्टेशन म्यानेजर कमल पौडेलले शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण श्रोता, विज्ञापनदाता, शेयरसदस्य, स्थापना देखि हाल सम्मका कर्मचारी, सरकारी तथा गैरसरकारी संघ संस्था लगाएतलाई धन्यवाद व्यक्त गर्नुभएको छ।

२०६७ साल माघ १ गते देखि नियमीत प्रशारणमा गएको रेडियो यस क्षेत्रकै पहिलो रेडियो हो, रेडियोले विगतका वार्षिकोत्सवहरुमा भेला अन्तरक्रिया लगाएतका कार्यक्रम सञ्चालन गर्ने गरेको भएपनि यस वर्ष कोभिड १९ को संक्रमणको त्रास अझै रहेको भन्दै औपचारीक कार्यक्रम नगर्ने जनाएको छ।

यद्यपी रेडियो कार्यक्रमहरु र श्रोताहरु संगको अन्तरक्रियालाई निरन्तरता भने दिने रेडियो प्रशासनले जनाएको छ। वार्षिकोत्सवको अवसरमा अध्यक्ष विष्णु प्रसाद भुसाल तथा स्टेसन म्यानेजर कमल पौडेलले जारी गरेको सन्देशमा पत्रकारीताको थप विकास गर्न, थप शसक्त भएर लाग्न प्रेरणा मिलेको भन्दै रेडियोले समाज विकासमा थप शसक्त भुमिका खेल्ने बताउनुभएको छ।

रेडियोले निरन्तर ११ वर्ष देखि जनचेतना मुलक कार्यक्रम सहित समाचार तथा सुचना प्रशारण गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय